मगर संसारको १०२ औं सहयोग हस्तान्तरण


मगर समुदायको निकै लोकप्रिय समाजिक सञ्जाल मगर संसार(Magar Sansar) Photo Gallery ले आफ्नो औ बार्षिक उत्सवको अवसरमा दश हजार मगर भाषा किताब छपाईको लागि मगर प्रकाशन केन्द्रिय समितिको अक्षयकोषमा सहयोग गरेको छ । सहयोग रकम मगर संसारका महासचिव एडमिन जानकी मगरले मगर प्रकाशन समिति संयोजक डा.नरमाया थापा मगरलाई हस्तांतरण गरेको हो ।

यही २०७९ बैशाख २६ गते परेको जन्मदिन/ बार्षिक उत्सवको अवसर पारेर उक्त सहयोग हस्तान्तरण गरेको मगर संसारका संस्थापक/अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनु भयो ।
मगर समुदायको हरेक गतिविधिलाई एउटा अनलाइनको माध्यमबाट सुचना प्रदान सँगै सचेत र बिभिन्न कार्यक्रम गरी लाखौ मगर तथा अमगर हरूको मन जीत्न सफल मगर संसारले स्थापना कालदेखी आजसम्म १०२ जना दिन दुखी गरीब बिरामिलाई आर्थिक संकलन गरी सहयोग गरिसकेको छ भने ३८ ओटा अनलाइन प्रतियोगिता साथै बिभिन्न तालीम र मगर भाषा कक्षा समेत संचालन गरिसकेको छ ।

३ जेष्ठ २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको