ने.क.पा. रोल्पाले चुनाव खारेजी अभियानलाई तीब्रता दियो


कार्तिक ३०, रोल्पा । नेपाल कम्युनिस्ट पार्टी रोल्पाले मंसिर ४ को प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव खारेजी अभियान तिब्र बनाएको छ । नेकपाको नवौँ महाधिवेशनले चुनावलाई खारेजी गर्ने नीति तयगरे अनुसार नेकपा रोल्पाले खारेजी अभियान थालेको हो ।

रोल्पा जिल्लाका विभिन्न ठाउँमा चुनाव खारेजी नाराहरु भित्तामा लेख्ने कार्यसंगै जनताहरुको उपस्थितिमा चुनाव बिरोधी कोण सभाहरु भएका छन् । त्यसैगरी गंगादेव गाउँपालिकामा पनि चुनाव खारेजी भित्तेलेखन सम्पन्न भएका छन् । विभिन्न मतदान केन्द्र, चोक र बजार क्षेत्रहरुमा भित्तालेखन भएका छन ।

यसरि रोल्पाको त्रिबेणी गाउँपालिकाको जुँगारमा नेकपाको वैकल्पिक केन्द्रिय सदस्य दिनेश बिक्रम चन्द ‘मानव’को उपस्थितिमा स्व.नन्द राज पुनको श्रदान्जली सभा सम्पन्न भएको छ । उक्त सभालाई सम्बोधन गर्दै संसदीय व्यबस्थाको चुनाव खारेजी गर्न जनसमुदायलाई आग्रह गरेका थिए ।

 

३० कार्तिक २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको