असार ३२, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाले करार सेवाका सबै कर्मचारीको करार सम्झौता नगर्ने भएको छ ।
शुक्रबार बसेको कार्यपालिका बैठक र १२औं बर्षे अधिवेशनको निर्णय अनुसार मन्त्रलाय तथा बिभागबाट करार सेवा निरन्तरता दिनु भनि परिपत्र भई आएको बाहेक सबै कर्मचारीको करार सम्झौता नवीकरण नगर्ने निर्णय गरेको हो ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतद्वारा जारी गरिएको सूचनामा मन्त्रालय तथा विभागबाट करार सेवा निरन्तरता दिनुभनि परिपत्र भइ आएको बाहेक २०७४ पछि करार सेवामा कार्यरत गाउँपालिकाका स्वास्थ्य. शिक्षा, कृषि, भेटेरिनरी, शाखा इकाई र वडामा कार्यरत तथा ज्यालादारी कर्मचारीको करार सम्झौता साउन १ गतेदेखि नवीकरण नहुने उल्लेख छ ।
यस्तै गाउँपालिकाले आफ्नो जिम्मा रहेको नगदी/जिन्सी सामग्री बरबुझारत गर्न र पेस्की बाकि भएमा फर्च्युट गर्नुहुन अनुरोध गरेको छ । साथै पालिकाले गरेको निर्णय नमाने नियमानुसार कारवाही हुने वेहोरा समेतको जानकारी गराएको छ ।
गाउँपालिकाले निर्णय विपरित कार्यालयमा हाजिर भएमा तलब/भत्ता भुक्तानी नुहुने र हाजिर गर्ने/गराउने व्यक्ति स्वयं जिम्मेवार हुने जानकारी समेत गराएको छ ।
स्थानीय सरकारमा नयाँ जनप्रतिनिधि निर्वाचित भएर आएसगै देशभर नै कर्मचारीको करार सम्झौता नगर्ने होडबाजी नै चलिरहेको छ ।
यता दैलेखको गुराँस गाउँपालिकाले करार कर्मचारीलाई हटाएको विरोधमा गरिएको प्रदर्शन उग्र बनेपछि प्रहरीले गोली चलाएको छ । शुक्राबार प्रहरीले गोली चलाउँदा तीन जना घाइते भएको दैलेख प्रहरीले जानकारी दिएको छ ।
हेर्नुस सुचना
प्रतिक्रिया दिनुहोस