रोल्पाको गंगादेवमा काँग्रेसका हरि पुन अध्यक्षमा निर्बाचित, बहुमत वडाहरु काँग्रेसको कब्जामा


जेष्ट २, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार हरी बहादुर पुन र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अमृता वली -केसी बिजयी भएका छन । स्थानीयतह निर्बाचन २०७९ मा निर्बाचित अध्यक्ष पुनले २५ सय ५७ मत प्राप्तगरेका छन भने उपाध्यक्ष वली-केसीले २९ सय ९ मत प्राप्त गरेकी छन ।

पुनका निकटम प्रतिष्प्रधि नेकपा एमालेका अध्यक्ष उम्मेदवार रोशन वलीले २४ सय ९९ मत प्राप्त गरेका थिए । जम्मा ५८ मतको झिनो अन्तरले वली पराजित भएका हुन ।

निवर्तमान गाउँपालिका अध्यक्ष तथा नेकपा (माओबादी) केन्द्रका उम्मेदवार बिर बहादुर खत्रीले २ हजार ९३ मत प्राप्त गरेका छन् भने अर्का स्वतन्त्र उम्मेदवार चुडामणी वली आदर्शले १५ सय ७३ मत प्राप्त गरेका छन ।

त्यसैगरी उपाध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार निर्मला कुमारी वलीले २४ सय ४२ मत प्राप्त गरेकी छन । गठबन्धनका उपाध्यक्ष उम्मेदवार नेब बहादुर डाँगीले १८ सय ११ मत प्राप्त गरेका छन भने स्वतन्त्र उपाध्यक्ष उम्मेदवार शुसिला वलीले ८ सय ६१ मत प्राप्त गरेकी छन ।

हेर्नुहोस अध्यक्ष तथा उपाध्यक्षले प्राप्त गरेको मतपरिणामको सुची:

बिगतको स्थानीयतह निर्बाचनमा नेकपा माओबादी केन्द्रको वर्चस्व रहेको यस क्षेत्रलाई नेपाली कांग्रेसले कब्जा गरेको छ । गंगादेबमा नेपाली कांग्रेसको बहुमतले कम्युनिष्टहरुलाई परास्त गरेको हो । पालिकाका ७ वटा वडाहरु मध्य ५ वटा वडाहरूमा जित हात पारेको छ भने १ वडा एमाले र १ वडा मात्रै नेकपा (माओबादी) केन्द्रले हात पारेको छ । नेपाली काँग्रेसले जितेका वडाहरु १, २, ४, ५ र ७ रहेका छन भने, ७ नम्बर वडामा एमाले र ३ नम्बर वडामा माओबादी केन्द्रले जितेका छन ।

माओबादी केन्द्रले वडाध्यक्ष जित्दा अन्य सबै स्वतन्त्र उम्मेदवारका सदस्यहरुले जितेका छन ।

गएको स्थानीयतहको निर्बाचनमा ४ वटा वडाहरु माओबादी केन्द्रले जितेको थियो भने २ वटा वडाहरु एमाले र १ वटा वडा मात्रै काँग्रेसले जितेको थियो ।

२ जेष्ठ २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको