लुम्बिनी प्रदेश उपाध्यक्ष वीर बहादुरलाई माओवादी केन्द्रले गर्यो कारवाही


कात्तिक २९, रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले लुम्बिनी प्रदेश उपाध्यक्ष तथा गंगादेव गाउपालिकाका पुर्व अध्यक्ष बिर बहादुर खत्री (अपराजय) लाई पार्टीको जिम्मेवारी बाट हटाएर कारवाही गरेको छ।

सत्ता गठबन्धनका उम्मेदवार माओवादी शीर्ष नेता वर्षमान पुन र कांग्रेस नेता अमरसिंह पुनविरुद्ध भाेट माग्दै हिँडेको भन्दै खत्रीलाई पार्टीबाट निकालिएको माओवादी केन्द्र राेल्पाका एक पदाधिकारीले जनाएका छन्।

सत्ता गठबन्धनका बागी उम्मेदवार अर्थात् स्वतन्त्र उम्मेदवार दीपेन्द्र पुन ‘सिजल’लाई भाेट मागेपछि उपाध्यक्ष खत्रीलाई माओवादी केन्द्र लुम्बिनी प्रदेशले कारबाही गरेको हाे।

‘रोल्पा जिल्लाको आधिकारिक उम्मेदवारको विरुद्धमा प्रचारप्रसार गरेको आधिकारिक प्रमाण यस प्रदेश कार्यलयमा आएकोले नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशका उपाध्यक्ष कमरेड वीरबहादुर खत्रीलाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

२९ कार्तिक २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको