अपडेट: गंगादेव ३ मा नेकपा माओबादीको वडाध्यक्षले जित्दा सबै सदस्य स्वतन्त्रले जिते {विवरण सहित}


जेष्ट १, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ३ मा नेकपा (माओबादी) केन्द्रको वडाध्यक्षले जित्दा अन्य सबै स्वतन्त्र सदस्यहरुले जितेका छन । वडाध्यक्षमा लोकमान वलीले ४ सय १९ मत प्राप्त गरे भने, उनका अन्य सबै सदस्यहरुले हारेका हुन ।

वलीका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका वडाध्यक्ष उम्मेदवार दिनेश डाँगीलाई ३० मतले मात्रै परास्त गरेका छन, डाँगीले जम्मा ३ सय ८९ मत प्राप्त गरेका थिए।

त्यसैगरी अर्का प्रतिस्प्रधी स्वतन्त्र उम्मेदवार लाल बहादुर वली ‘बिश्व’ले ३ सय ८६ मत प्राप्त गरेका थिए । स्वतन्त्र उम्मेदवार वली विप्लव नेतृत्वको नेकपाका प्रतिनिधि हुन ।

स्मरणीयहोस, गएको चुनावमा नेकपा (माओबादी) केन्द्रको प्यानलले जितेको थियो । निर्बाचित वडाध्यक्ष लोकमान वली निबर्तमान जिल्ला समन्वय समिति सदस्य समेत हुन।

गंगादेब गाउँपालिका ३ नाउलीको मतदान केन्द्रमा जम्मा १५०८ मत खसेको थियो ।

गंगादेवमा ६ वटा वडाहरुको अन्तिम मत परिणाम आइसकेको छ, जसमध्ये वडाहरु १, २, ५ र ७ वडाहरु नेपाली काँग्रेसले कब्जा गरेको छ, ६ नम्बर वडा नेकपा एमाले र ३ नम्बर वडामा नेकपा (माओबादी) केन्द्रको जित भएको छ ।

गंगादेवमा ४ नम्बर वडाको मतगणना कार्य सुरु हुँदैछ।

विवरण:

३ नम्बर वडाबाट गापा अध्यक्षलाई प्राप्त मतपरिणाम 

हरि बहादुर पुन, अध्यक्ष (नेपाली कांग्रेस): १४०, अमृता कुमारी केसी वली, उपाध्यक्ष (नेपाली कांग्रेस): ३४४

रोशन कुमार वली, अध्यक्ष (नेकपा एमाले) : २४४, निर्मला कुमारी वली, उपाध्यक्ष नेकपा एमाले): ४०२

वीर बहादुर खत्री, अध्यक्ष (माओवादी केन्द्र): २५०, नेव बहादुर डाँगी, उपाध्यक्ष (एकीकृत समाजवादी): २४६

चुडामणि वली ‘आदर्श’, अध्यक्ष (स्वतन्त्र उम्मेदवार): ७९६, शुशिला वली, उपाध्यक्ष (स्वतन्त्र उम्मेदवार): ३३१

गंगादेवमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

वडाको अन्तिम मतपरिणाम 

नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार कुलानन्द डाँगी : २०६, म. सदस्य :२१५, द.म.सदस्य:२०८, पहिलो सदस्य: २५२, दोस्रो सदस्य: २८०

नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार दिनेश डाँगी : ३८९, म. सदस्य : ३५३, द.म.सदस्य:३८०, पहिलो सदस्य:३४२, दोस्रो सदस्य: ३५५

नेकपा (माओबादी) केन्द्रका वडाध्यक्ष मान बहादुर डाँगी : ४१९, म. सदस्य :३६१, द.म.सदस्य:३३२, पहिलो सदस्य: २८९, दोस्रो सदस्य: ३१४

स्वतन्त्र वडाध्यक्ष उम्मेदवार लाल बहादरु यमन मल्ल : ३८६, म. सदस्य : ३९०, द.म.सदस्य:३९९, पहिलो सदस्य: ४०६, दोस्रो सदस्य: ३७८

गंगादेवमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

१ जेष्ठ २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको