जेष्ट १, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको वडा प्यानल बिजयी भएको छ । वडाध्यक्षमा अमृत बुढाले ५ सय ५४ मत प्राप्तगरि, उनको सबै प्यानलले जित निकालेका हुन ।
बुढाका निकटतम प्रतिद्वन्दी नेकपा (माओबादी) केन्द्रका उम्मेदवार मान बहादुर डाँगीलाई १ सय ८ मतले परास्त गरेका छन, डाँगीले जम्मा ४ सय ४६ मत प्राप्त गरेका थिए।
त्यसैगरी अर्का प्रतिस्प्रधी नेकपा एमालेका उम्मेदवार बलिराम नग्बाकले २ सय ७९ मत प्राप्त गरेका थिए । स्मरणीयहोस, गएको चुनावमा नेकपा (माओबादी) केन्द्रको प्यानलले जितेको थियो ।
गंगादेब गाउँपालिका ५ लोदचौरको मतदान केन्द्रमा पुरुष ६९९ र महिला ६९२ गरि जम्मा १३९१ मत खसेको थियो । जसमध्ये १३ सय ८९ मत सदर भएको छ भने २ मत बदर भएको छ ।
गंगादेवमा ५ वटा वडाहरुको अन्तिम मत परिणाम आइसकेको छ, जसमध्ये वडाहरु १, २, ५ र ७ वडाहरु नेपाली काँग्रेसले कब्जा गरेको छ भने ६ नम्बर वडा नेकपा एमालेको जित भएको छ ।
गंगादेवमा ३ नम्बर वडाको मत गणना कार्य जारि छ भने अब वडा ४ नम्बर वडाको मत गणना सुरु हुँदैछ।
विवरण:
५ नम्बर वडाबाट गापा अध्यक्षलाई प्राप्त मत परिणाम
हरि बहादुर पुन, अध्यक्ष (नेपाली कांग्रेस): ३४४, अमृता कुमारी केसी वली, उपाध्यक्ष (नेपाली कांग्रेस): ३८५
रोशन कुमार वली, अध्यक्ष (नेकपा एमाले) : २४०, निर्मला कुमारी वली, उपाध्यक्ष नेकपा एमाले): २३९
वीर बहादुर खत्री, अध्यक्ष (माओवादी केन्द्र): १७८, नेव बहादुर डाँगी, उपाध्यक्ष (एकीकृत समाजवादी): १५२
चुडामणि वली ‘आदर्श’, अध्यक्ष (स्वतन्त्र उम्मेदवार): ९०, शुशिला वली, उपाध्यक्ष (स्वतन्त्र उम्मेदवार): ४६
गंगादेवमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
रोल्पाको गंगादेव गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ को मत गणना जारी रहेको छ ।
वडाको अन्तिम मतपरिणाम
नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार बलिराम नग्बाक :२७९, म. सदस्य :३१५, द.म.सदस्य:३०२, पहिलो सदस्य: ३०२, दोस्रो सदस्य: ३४७
नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार अमृत बुढा : ५५४, म. सदस्य : ५१५, द.म.सदस्य:५१३, पहिलो सदस्य:५१९, दोस्रो सदस्य: ४८१
नेकपा (माओबादी) केन्द्रका वडाध्यक्ष मान बहादुर डाँगी : ४४६, म. सदस्य :४४७, द.म.सदस्य:४४६, पहिलो सदस्य: ४२७, दोस्रो सदस्य: ४२३
स्वतन्त्र वडाध्यक्ष उम्मेदवार लाल बहादरु यमन मल्ल : २४, म. सदस्य :-, द.म.सदस्य:-, पहिलो सदस्य: -, दोस्रो सदस्य: –
स्वतन्त्रको तर्फबाट यस वडामा वडाध्यक्ष मात्रै उम्मेद्वार थिए । गंगादेवमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस