जेष्ट १, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा स्थानीय तह निर्वाचन २०७९ को मत गणना जारी रहेको छ । अहिले विहान ३ :०० बजेसम्म गंगादेव ३ नम्बर वडाको जम्मा ८०५ मत गणना भएको छ ।
८०५ मत गन्दा अध्यक्ष र उपाध्यक्ष पदमा कसको कति छ मतपरिणाम ?
नेकपा एमालेका अध्यक्ष उम्मेदवार रोशन कुमार वलीले :८१ मत, उपाध्यक्ष उम्मेदवार निर्मला कुमारी वलीले :१८५,
नेपाली काँग्रेसका अध्यक्ष उम्मेदवार हरि बहादुर पुनको :१३८ मत र उपाध्यक्ष उम्मेदवार अमृता कुमारी केसी वलीको :२३०,
नेकपा (माओबादी) केन्द्रका अध्यक्ष उम्मेदवार वीर बहादुर खत्रीले :१३० र समाजबादीका उपाध्यक्ष उम्मेदवार नेव बहादुर डाँगीले :१२९ मत
स्वतन्त्र उम्मेदवारका अध्यक्ष चुडामणि वली ‘आदर्श’ले :४२१ मत र स्वतन्त्र उपाध्यक्ष उम्मेदवार शुशिला वलीले :१७८
गंगादेव ५ मा ४०० मत गन्दा वडाध्यक्ष पदमा कसको कति छ मतपरिणाम ?
नेकपा एमालेका वडाध्यक्ष उम्मेदवार कुला नन्द डाँगी :११४, म. सदस्य :११४, द.म.सदस्य:११३, पहिलो सदस्य: १३० दोस्रो सदस्य: १४५
नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार दिनेश डाँगी: १५८, म. सदस्य :१८९, द.म.सदस्य:२१०, पहिलो सदस्य: १८६, दोस्रो सदस्य: १९३
नेकपा (माओबादी) केन्द्रका वडाध्यक्ष उम्मेदवार लोकमान वली : १३४, म. सदस्य :१९३, द.म.सदस्य:१७०, प.सदस्य: १४६, दो.सदस्य: १६४
स्वतन्त्र वडाध्यक्ष उम्मेदवार लाल बहादरु वली ‘बिश्व’: ५, म. सदस्य :२१४, द.म.सदस्य:२२१, पहिलो सदस्य: २२९, दोस्रो सदस्य: २०१
गंगादेवमा माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन गरेका छन् । जसमा माओबादीले अध्यक्ष र समाजवादीले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस