गठबन्धनका नेताहरु स्वतन्त्र उम्मेदवारको भोट माग्दै, गठबन्धन देखाउने हात्तीको दाँत [भिडियो]


कार्तिक २८, रोल्पा । जनयुद्दकालका कट्टर प्रतिद्वन्द्वी रहेका नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेस सहितको लोकतान्त्रिक बाम गठबन्धन देशैभरि लागु भैरहेको छ । यसरि उक्त गठबन्धनले जनयुद्दको उद्गमस्थल रोल्पाको प्रदेश ‘ख’मा पनि साझेदारी गरिरहेको छ ।

रोल्पाको पश्चिममा पर्ने २ नम्बर क्षेत्रमा ४ वटा दलहरुद्वारा लोकतान्त्रिक बाम गठबन्धन भएको छ । जसमा नेकपा माओबादी केन्द्र, नेपाली कांग्रेस, नेकपा एकीकृत समाजबादी र जनमोर्चा नेपाल लगायतको लोकतान्त्रिक बाम गठबन्धन भएको हो । नेकपा माओबादी केन्द्रले प्रतिनिधि सभा सदस्यमा बर्षमान पुन ‘अनन्त’को उम्मेद्वारी रहेको छ भने नेपाली कांग्रेसले प्रदेश सभा ‘ख’को उम्मेदवारीमा अमरसिंह पुन रहेका छन ।

यसरि संघमा बर्षमान पुन र प्रदेश ‘ख’मा अमरसिंह पुनको उम्मेदवारमा साझेदारी भएपछि माओबादी नेता तथा कार्यकर्ताहरुमा तिब्र असन्तुष्टि देखिएको छ । फलस्वरूप दिपेन्द्र कुमार पुन ‘सिजल’को प्रदेश ‘ख’बाट आफ्नै नेता तथा कार्यकर्ताको दबाबमा बाँगी उम्मेदवार दिएका छन ।

रोल्पा कोर्चाबाङ घर भएका दिपेन्द्र कुमार पुन ‘सिजल’ जनयुद्दका घाईते अपाङ्ग पनि हुन । जनयुद्दको महत्वपूर्ण भूमिका निर्बाहगर्दै आएका नेता सिजल शान्तिकाल पछिपनि रोल्पा जिल्लाको इन्चार्जमा करिव १५ बर्ष लगातार सम्हालेका थिए । अघिल्लोपटकको चुनावमा रोल्पाको २ नम्बर क्षेत्रबाटै प्रदेश सभा सदस्य रहेका  उनि भर्खरै नेकपा माओबादी केन्द्रको पोलिटब्युरो सदस्य समेत बनेका थिए ।

उनको स्वतन्त्र उम्मेद्वारी पछी पार्टीले कारबाहीगरि पदमुक्त गरिदिएको छ ।

तिनै दिपेन्द्र कुमार पुन ‘सिजल’लाई जिताउन तल्लो तहका नेता तथा कार्यकर्ताहरु आन्तरिकरुपमा लागिपरेका छन । केहि-केहि कार्यकर्ताहरु भने खुलेरै उनको धारो चिन्हमा भोट माग्न सामाजिक संजाल मार्फत अपिल गरिरहेका छन ।

त्यतिमात्रै नभएर नेकपा माओबादी केन्द्रको लुम्बिनी प्रदेशका उपाध्यक्ष समेत रहेका बिर बहादुर खत्रीले सार्बजनिक कार्यक्रममै सिजलको पक्षमा भोट मागेको खुलेको छ । रोल्पाको गंगादेव २ पूर्णगाउँमा सम्पन्न एक चर्चमा धारो चिन्हमा भोट हाल्न अपिल गरेको खुलेको हो । यसरि हेर्दा माओबादी नेता तथा कार्यकर्ताहरु स्वतन्त्र उम्मेदवार सिजलको पक्षमा खुलेरै लागेका छन ।

यता सिजल पनि जिते पछी पुनः नेकपा माओबादीमै फर्किने दाउमा रहेका छन् ।

सिजलले भर्खरै थवाङ पुगेर चुनावी सभा गरेका छन् । त्यस अघि लोकतान्त्रिक बाम गठबन्धन पनि त्यहाँ पुगेको थियो तर सापेक्षित हिसाबले गठबन्धनको कार्यक्रममा भन्दा स्वतन्त्र उम्मेदवार सिजलको कार्यक्रममा उपस्थिति बाक्लो रहेको थियो ।

त्यसर्थमा पनि रोल्पामा नेपाली कांग्रेसका लागि गठबन्धन फलिफाप नभई देखाउने हात्तीको दाँत जस्तै हुने अनुमान धेरैको छ । अहिले सम्मको चुनावी सिनारियोलाई हेर्दा गठबन्धनलाई हावा खुवाएर सिजलले जित्ने प्रक्षेपण भैरहेको छ तर मंसिर ४ पछी त्यसको नतिजाले बताउने छ । यदि यस्तो अबस्था आए बर्षमान पुन अनन्तले भने जस्तो राजनीतिक इमान्दारिता रोल्पामा नहुने निश्चित छ । दुई पुन दाजुभाईको साझेदारी अपवित्र गठबन्धनमा साबित हुनेछ ।

हेर्नुहोस भोट माग्दै गरेको भिडियो :

 

 

२८ कार्तिक २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको