बैशाख ३१, रुकुम । रुकुम (पश्चिम)को सानीभरी गाउँपालिका वडा नम्बर १ नेकपा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका टेकबहादुर पुन विजयी भएका हुन् ।
उनले ५ सय ६१ मत प्राप्त गर्दा उहाँका प्रतिद्धन्दी नेपाली कांग्रेसका खले पुनले २ सय ८१ मत प्राप्त गरेका छन् । त्यस्तै गाउँपालिकाका अध्यक्षमा नेकपा माओवादी केन्द्रका विर्खबहादुर बिष्टले ५ सय ४७ मत सहित अग्रता कायम गरेका छन् ।
उनका प्रतिद्धन्दि कांग्रेस–एमाले गठबन्धनबाट कांग्रेसका गोरखप्रसाद चन्दले २ सय ८० मत ल्याएका छन् । उपाध्यक्षमा पनि नेकपा माओवादी केन्द्रकै कमला रोका पुनको अग्रता छ । उपाध्यक्षमा पुनले ५ सय ४७ मत ल्याउदा कांग्रेस एमाले गठबन्धनबाट एमालेका प्रकाश खड्काले १ सय ५७ मत ल्याएका छन् ।
सानीभेरी १ संगै रुकुम (पश्चिम)मा नेकपा माओवादी केन्द्रले जीतको सुरुवात गरेको छ । मुसिकोट नगरपालिकामा पनि मतगणना सुरु भएको छ । अन्य ४ वटा स्थानीय तहमा भने मत गणना सुरु हुन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस