केन्द्रीय आचारसंहिता अनुगमन समितिको निर्वाचनसँग संलग्न निकायलाई ७ बुँदे निर्देशन


कात्तिक २७, काठमाडौं। निर्वाचन आयोगले निर्वाचनको मौन अवधिदेखि मतगणना कार्य पूरा नभएसम्म मादक पदार्थ बिक्री वितरण तथा सेवन गर्ने काम निषेध गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

केन्द्रिय आचारसंहिता अनुगमन समितिको आईतवार बसेको बैठकले मादक पर्दा जफत गर्नुपरेमा गृह मन्त्रालयमार्फत प्रहरीलाई निर्देशन दिने निर्णय गरेको हो ।

समितिका संयोजकसमेत रहेका निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहीत निर्वाचन सम्पन्न गराउनका लागि निर्वाचन कार्यमा संलग्न विभिन्न निकायलाई ७ बुँदे निर्देशन जारी गरिएको पनि जानकारी दिए ।

बैठकले अनुगमन अधिकृत र जिल्ला आचारसंहिता अनुगमन समितिलाई हालसम्म प्राप्त भएको आचारसंहिता उल्लंघन सम्बन्धि उजुरी र सो सम्बन्धमा सोधेको स्पष्टीकरण, उजुरीको फर्छ्योट र कारबाहीको अवस्थासहितको प्रगति विवरण समितिमा वा आयोगमा पठाउन पनि निर्देश गरेको छ ।

निर्देशनमा भनिएको छ, ‘निर्वाचन कसुर तथा सँजाय ऐन २०७३ को दफा २४ को उपदफा ५ बमाजिम तथा निर्वाचन आचारसंहिता २०७९को दफा १७ बमोजिम मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मत गणनाको काम पूरा नभएसम्म निर्वाचन प्रचारप्रसार सम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने विषयमा राजनैतिक दल तथा उम्मेदवारलाई जानकारी गराइ, सो व्यवस्थाको पालना गर्न गराउन जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने । विभिन्न निकायहरुले तयार गरी पठाएका निर्वाचन आचार संहिता कार्यान्वयन कार्ययोजनालाई एकिकृत गरी तयार गरिएको कार्ययोजना स्वीकृत गरी कार्यान्वयनका लागि सम्बन्धित निकायमा पठाउने ।’

निर्वाचन आयुक्त भण्डारीले निर्वाचन आचारसंहिता उल्लंघन हुन नदिन आयोग सक्षम रहेका पनि बताए ।

२७ कार्तिक २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको