आजबाट काँग्रेसको एक महिने चुनावी अभियान, ७७ जिल्ला पुगे केन्द्रीय प्रतिनिधि


फागुन २९, काठमाडौँ । सत्तासीन नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचनलक्षित गर्दै आजदेखि ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ एक महिने अभियान सुरु गर्दैछ।

३० वैशाखमा तय भएकाे स्थानीय तहकाे निर्वाचनलाई लक्षित गरी कांग्रेसले अभियान सुरु गर्न थालेकाे हाे ।

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएकाे छ ।

याे अभियानमा कांग्रेसले एमसीसी पारित गरिएकाे कारणबारे प्रष्ट्याउनेछ भने संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकाेबारे जानकारी गराउनेछ ।

२९ फाल्गुन २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको