राेल्पामा टिपर दुर्घटना हुँदा एक जना घाइते


कात्तिक २६, राेल्पा । टिपर दुर्घटना हुदा एक जना घाइते भएका छन।

रुन्टीगढी गाउँपालिका -६ खारा सिउधरा स्थित शुभम खनिज उद्योगबाट ढुंगा लिई सम्राट सिमेन्ट उद्योग दाङ लमही तर्फ जादै गरेकाे रा १ ख २९०६ नम्बरको टिपर शनिबार बिहान करिब सात बजेतिर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

दुर्घटनामा परि टिपर चालक प्युठान सरुमारानी गाउँपालिका -४ बडडाँडा बस्ने २३ वर्षिय रुपेश विक रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रवक्ता प्रहरी प्रकाश भुसालले बताए।

घाइते विकलाई थप उपचारकाे लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घाेराही रिफर गरिएको र उनकाे अवस्था मध्यम रहेको प्रहरी निरीक्षक भुसालले बताए। टिपरा चालक एक्लै रहेको खुलेकाे छ ।

२६ कार्तिक २०७९, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको