रोल्पाको पर्यटन प्रवर्द्धनका लागि जलजला-कोठीभिर हेलिकप्टर यात्रा सुरु [फोटो फिचर]

लिवाङमा हेलिप्याडको उद्घाटन


माघ २९, रोल्पा । रोल्पाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल जलजला र कोठीभिर यात्राका लागि सदरमुकाम लिबाङ लगायतका ठाउँबाट हेलिकप्टर उडानको व्यवस्था गरिएको छ ।

आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले सुनछहरी गाउँपालिका–७ जेलबाङमा रहेको गेमी होमस्टे र पोखरास्थित फिस्टेल एयरको साझेदारीमा शनिबारदेखि हेलिकप्टर उडान सुरु गरिएको हो । पर्यटन प्रर्वद्धनको क्षेत्रमा निरन्तर लागेका सुनछहरी गाउँपालिका निवासी तथा गेमी होमस्टेका अध्यक्ष बालकुराम पुन ‘पृथ्वी’को बिशेष पहलमा आन्तरिक पर्यटनका लागि हेलिको माध्यमबाट उडान भरिएको छ ।

फिस्टेल एयरको नाइन् एन-एजेआर हेलिकप्टरका पाइलट क्याप्टेल सुजन श्रेष्ठ र जलजला घुम्न जाने पहिलो उडानका यात्रुहरु संगम रोका र उनका परिवारलाई रोल्पा नगरपालिकाका नगरप्रमुख केसी र उपप्रमुख मनकुमारी घर्तीले फूलमाला लगादिएर पर्यटन उडानको शुभारम्भ गरिएको हो ।

रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, प्रमुख जिल्ला अधिकारि नवराज सापकोटा लगायतले पनि जलजला-कोठीभिर हेली यात्रा गरेका थिए ।
जलजला यात्रा गरेर फर्किएपछि सम्क्षिप्त प्रतिक्रिया दिँदै नगरप्रमुख केसीले जलजला युद्द पर्यटन क्षेत्रको एतिहासिक भुमि भएको, हाल हिउँ पर्ने सिजन भएकोले सुन्दर प्राकृतिक दृश्य अबलोकन गर्न सकिने र धर्म प्रति आस्थावान मानिसहरुका लागि धार्मिक तिर्थस्थल भ्रमणको रुपमा जलजला पर्यटन क्षेत्रले महत्वपूर्ण भूमिका बोकेको बताए । उनले भने ‘पद यात्रा र गाडीको यात्रा मार्फत पनि भ्रमण गर्न सकिने उक्त क्षेत्रमा हेलिकप्टर द्वारा अबलोकन गर्न सकिने अर्को एउटा बिकल्प पनि हो ।’

यस्तै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले आफू पहिलोपटक जलजला पुगेको बताए । पहिलोपटक जलजला पुग्दा प्राकृतिक सुन्दरताले आफुलाई साँच्चै लोभ्याएको बताए । एकपटक जलजला क्षेत्र पुग्न सबैलाई अनुरोध समेत गरे ।

उडान कति भए ?

हवाई यात्राको पहिलो दिन शनिबार ५ वटा उडानका लागि २५ जनाले अग्रिम टिकट बुकिङ गरेपनि उडानकै क्रममा एक उडान थपिएपछि ६ उडान संगै ३० जनाले जलजला-कोठीभिरको यात्रा गरेका छन ।

पर्यटन प्रवर्द्धनका लागि जलजला पुग्न अन्य बिकल्पहरु मध्यको एउटा हेलिकप्टर उडान भएको बताउदै पुनले भने- ‘आन्तरिक पर्यटन प्रवर्धनका लागि हामी रोल्पालिलाइ यो ठुलो अवसर हो, हामीले रोल्पामा पहिलोपटक लिवाङबाट जलजला-कोठीभिर हेली टुर सफलपुर्वक सम्पन्न गरेका छौ।’,

उनले रोल्पालीहरु हेलिकप्टर चढेर अन्नपूर्ण, सागरमाथा लगायतका हिमालहरुमा जानुनपर्ने र आफ्न्नै गाउँ ठाउँका रमणिय पर्यटकीय एवम धार्मिकस्थलमा हेलिकप्टरबाट यात्रा गर्न सकिने बताए ।

जलजला-कोठीभिर हेली यात्राका लागी कहाँबाट कति लाग्छ भाडा ?

उक्त पर्यटन उडानका लागि रोल्पा र प्युठानका तीन स्थानबाट उडानको व्यवस्था मिलाइएको छ ।

तिनै स्थानबाट उडान भर्नका लागि छुट्टाछुट्टै भाडादर कायम गरिएको छ । रोल्पाको सुलिचौर, लिबाङ र प्युठानको विजुवारबा जलजलाका लागि हेलिकप्टरमा हवाई यात्रा गर्न सकिने बताइएको छ । लिबाङ-जलजला-कोठीभिरकाे लागि प्रतिव्यक्ति १८ हजार ५ सय, सुलिचौर-जलजला-कोठीभिरका लागि १९ हजार ५ सय र प्युठानको विजुवारबाट २६ हजार ५ भाडा ताेकिएकाे छ ।

यस्तै सुनछहरी गाउँपालिका–२ भित्री गाममा पर्ने पर्यटकीय स्थल कोठीभिरमा पनि हेलिकप्टरको उडान गरिने भनेपनि अहिले अत्यधिक हिउँ परेकाले हेलिकप्टर ल्यान्डिङ गर्न नमिलेकाले यसपालिको उडान गर्न नसकिएको बताइएको छ ।

लिवाङमा हेलिप्याडको उद्घाटन

यसैविच रोल्पा नगरपालिकाद्वारा निर्मित लिवाङमा रहेको हेलिप्याडको उद्घाटन गरिएको छ । लिबाङ-कोठिभिर-जलजला  पर्यटन उडानको अवसरमा शनिवार रोल्पा नगरपालिकाका नगरप्रमुख पूर्ण केसी र उपप्रमूख मनकुमारी घर्तीले उद्घाटन गरेका हुन् ।

रोल्पा नगरपालिका २ मा रहेको सेनामुखक्षेत्रमा निर्माण भएको लिबाङ हेलिप्याडको उदघाटन गरेसँगै स्थानीयहरुले हेलिटुरको माध्यमबाट पर्यटकीय क्षेत्र जलजला र गामको कोठिभिरको अवलोकन गरेका छन ।

२९ माघ २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको