नेकपा रोल्पाको छैटौं जिल्ला सम्मेलनको सम्पुर्ण तयारी पूरा


भदौ २६,दाङ । नेत्रविक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी रोल्पाको छैटौं जिल्ला सम्मेलनको तयारी पूरा भएको आयोजकले जनाएको छ।

भाद्र २७ र २८ गते सदरमुकाम लिवाङमा हुने सम्मेलनको सम्पुर्ण तयारी पूरा भएको छैटौं जिल्ला सम्मेलन आयोजक कमिटीका संयोजक दिनेश विक्रम चन्दले जानकारी दिए ।

जिल्लाको सम्पूर्ण वडा, गाउँपालिका र नगरपालिकाको भेला तथा सम्मेलनहरु सम्पन्न गरेको नेकपा रोल्पाले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने नेकपाले जनाएको छ ।

२६ भाद्र २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको