नेपाली इन्टरनेट सेवा प्रदायकलाई मर्जर गर्ने बाटो खुल्ला हुने


असार २७, काठमाडौं।  नेपालको दूरसञ्चार क्षेत्रको नियामक संस्था नेपाल दूरसञ्चार प्राधिकरणले नेपालि इन्टरनेट सेवा प्रदायकहरूका लागि मर्जर तथा एक्विजिसनको बाटो खुल्ला रहेको जनाएको छ।

नेपालमा इन्टरनेट सेवा प्रदायकको लागी १३८ कम्पनीहरुले अनुमति प्राप्त गरेका थिए। तर नेपालको सानो बजारमा धेरै सेवा प्रदायकको  भैरहदा प्राधिकरणले मर्ज गर्न गर्न सक्ने नीति लिने भएको हो ।

नेपाल जस्तो सानो बजारमा यति धेरै सेवा प्रदायक अनावश्यक भएको टिकाटिप्पणी चलिरहँदा प्राधिकरणले त्यसको व्यवस्थापनका लागि मर्जर तथा एक्विजिसनको नीति लिने भएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले बताउनु भएको छ।

सेवा प्रदायकको लागी कानुनि रुपमा अनुमति दिन नसक्ने भन्ने अवस्था नरहेकोले बढ्दो संख्यालाई व्यवस्थापन गर्नको लागी इन्टरनेट सेवा प्रदायकलाई मर्जर गर्ने बाटो खुल्ला गर्ने तयारि प्राधिकरण रहेको छ।

२७ असार २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको