रोल्पा गंगादेवमा वाइसिएलद्वारा कांग्रेसको तरुणदल माथि यसरि गरे आक्रमण [फोटो सहित]


बैशाख २७, रोल्पा । रोल्पाको गंगादेव गाउँपालिकामा माओवादी केन्द्रको वाइसियलले नेपाली कांग्रेसका कार्यकर्ताहरुमाथि आक्रम गरेका छन । स्थानीय नेता खकेन्द्र हमालका अनुसार वडाध्यक्षका उम्मेदवार मानबहादुर डाँगीको निर्देशनमा राजेन्द्र परियार, नवराज महर र प्रकाश केसीकाे समूहले खुकुरी प्रहार गरेका हुन्। खुकुरी प्रहारबाट कांग्रेसनिकट तरूण दलका वडाध्यक्ष मनबहादुर बुढा र कमल बुढा गम्भीर घाईते भएका छन ।

घाइतेहरुलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिठानमा उपचार गर्न लगिएको रोल्पा जिल्लाको डिएसपी बिनोद घिमेरेले जानकारी दिए । सामान्य घाइते कुल चन्द्र वली र चुडामणि केसी, पुस्पकमल खत्रीलाई स्थानीय स्वास्थ्य चौकीमा उपाचार भएको थियो ।

यसरि भयो आक्रमण 

आक्रमणमा सामान्य घाइते भएका चुडामणि केसीले भने, ‘हिजो साँझ साढेसात बजे तिर गंगादेवको सिमखोला नजिकै रहेको स्याँला गाउँको बिबाहबाट हामी १२ जना फर्किदै थियौ । बाइकमा फर्किदै गर्दा, ‘लोदचौर नजिकै कुईनेउटा भन्ने ठाउँमा पुगेको बेला करिब २५ जना भन्दा बढी संख्यामा आएका वाईसीएल कार्यकर्ताले खुकुरी, लट्ठी र ढुङ्गा प्रहार गर्दै आक्रमण गरेर, उनीहरु लोदचौर तिर भागे । दूई जना साथीहरु गम्भीर घाईते हुनुभयो । उनीहरुले हामीहरुलाई लुकेर आक्रमण गरे ।

नेपालि कांग्रेसका वडाध्यक्ष उम्मेदवार अमृत पुनका अनुसार, माओबादी केन्द्रका वडाध्यक्ष उमेदवार मान बहादुर डाँगीको नेतृत्वमा लुकेर हाम्रा साथीहरुलाई आक्रमण गरे । प्रहरीको सहायतामा घटनाका दोषीहरुलाई खोजीकार्य जारीरहेको छ ।

२७ बैशाख २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको