द्वन्द्वबाट विस्थापित रोल्पाका १५ शिक्षकको पुनर्बहाली


साउन २३, रोल्पा । १० बर्षे सशस्त्र द्वन्द्वबाट विस्थापित भई जागिर गुमाएका रोल्पाका १५ जना शिक्षक पुनर्बहाली भएका छन् । उनीहरूले आइतबार शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाबाट पुनर्बहालीको पत्र बुझी दरबन्दी रिक्त रहेका विद्यालयमा हाजिर हुन जाने भएका छन ।

पुनर्बहाली हुने शिक्षकहरूमा २ जना निम्न माध्यामिक तह र १३ जना प्राथमिक तहका रहेको शिक्षा विकास तथा समन्वय इकाइ रोल्पाले जनाएको छ । पुनर्बहाली हुने शिक्षकहरूमा निम्न माध्यमिक तहमा कुमार शाह र डम्बरबहादुर बुढामगर रहेका छन् भने प्राथमिक तहमा केशबहादुर बाँठामगर, शेरबहादुर बुढामगर, कमानसिं पुनमगर, मनखना घर्तीमगर, दिलप्रसाद घर्तीमगर, रामचन्द रोकामगर, रत्नबहादुर घर्तीमगर, रेशमकुमार शाह, अम्मरबहादुर महरा, भक्तबहादुर चन्द, मनप्रसाद बुढामगर, शेरबहादुर रोकामगर र देवप्रसाद पुन रहेका छन् ।

सरकारले माओवादी जनयुद्ध र आन्दोलनका कारण हटाइएका शिक्षक तथा कर्मचारीहरूलाई पुनर्बहाली र क्षतिपूर्ति दिने निर्णय गरेको थियो । मन्त्रिपरिषद् बैठकले देशभरका ५८६ जना शिक्षक तथा कर्मचारी व्यवस्थापनको निर्णय गरेको थियो । उनीहरूले विद्यालयमा हाजिर भएको मिति देखिको तलब भत्तालगायतका सुविधा दिने तर सेवाबाट हटाइको मितिदेखि पुनर्बहाली भई हाजिर नहुन्जेलको अवधिको तलब भत्ता, बिदा, पोसाक, चाडपर्व खर्चलगायत सुविधा नदिने निर्णय गरेको थियो ।

२३ श्रावण २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको