खुम दङ्गालीले ल्याए ‘रामथलिय धेरै माया लाउछ’ टप्पा गीत [भिडियोसहित]


काठमाडौं । लोक गायक खुमबहादुर चन्द “खुम दङ्गाली” र लोकदोहोरी गायिका टिका पुनको आवाजमा टप्पा गीत ‘रामथलिय धेरै माया लाउछ’ सार्वजनिक भएको छ ।

दङ्गालीले आफ्ना बाउबाजे देखि आफ्नो बसाइसराइ र ठाउँहरुको बारेमा बर्णन गरेको बताए । उनले भने- म प्रदेशमै भएपनि लोक गीतलाई माया गरिरहेको छु, यसपालीको टप्पा गीतमा मैले मेरो बाउबाजे जन्मेको ठाउँदेखि आफ्नै बसाईसराइ गरेको ठाउँबारे बर्णन गरेको छु, सबैले माया गरिदिनुहोला ।,’ उनले रोल्पा, सल्यान, दाङ र कर्णाली प्रदेशका विभिन्न स्थानहरुलाई समेटेर टप्पा गीत सार्वजनिक गरेका छन् ।

उनि पोर्चुगलमा ४/५ बर्षदेखि प्रदेशी जीवन बिताईरहेका छन् । गायक दङ्गालीले आफै शब्द सिर्जना र संगीत गरेको भिडियोलाई आफ्नै अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् । दङ्गालीले यसभन्दा अगाडि पनि ‘अझै जल्न देउ’ बोलको मर्मस्पर्शी लोकगीत बजारमा ल्याएका छन् ।

हेर्नुस भिडियो

२१ कार्तिक २०७९, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको