नेकपाका प्रवक्ता र गृहमन्त्री बिच बिशेष भेटबार्ता : के भयो निष्कर्ष ?


भाद्र २२, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी र सरकारी वार्ता टोली प्रमुख बीच बुधबार बिहान भेटवार्ता भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भएको उक्त भेटवार्तामा तत्कालीन परिस्थितिको बिषयमा गम्भीर छलफल र बिशेष सहमति भएको बताइएको छ। बिशेषगरि नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच आगामी दिनमा वार्ता र तीन बुंदे सहमती कार्यान्वयनलाई उच्चता दिदै निष्कर्षमा पुर्याउने सहमती भएको हो ।

भेटवार्तामा गत साउन १६ गते सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग गरेको ३ बुँदे सहमतिको गम्भीर उलंघन गर्दै नेकपाका महासचिव विप्लव, प्रकाण्ड लगायतका नेताविरुद्ध पक्राउ पुर्जी जारी गरे पश्चात पैदा भएको नकारात्मक अवस्था, तीन बुंदे सहमति कार्यान्वयन, मुद्दा फिर्ता र बन्दी रिहाईको नयाँ रणनीतिको बिषयमा गम्भीर छलफल भएको छ ।

तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएका ३ बुँदे सहमति कार्यन्वयनमा बिशेष सहमति भएको स्रोतले जनाएको छ ।

२०७७ फाल्गुन २१ गते तत्कालिन केपी ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको थियो । सहमतिमा दुवै पक्ष-नेपाल सरकार तथा नेपाल कम्युनिष्ट पार्टी, देशको राजनैतिक समस्याहरु वार्ता तथा संवादबाट समाधान गर्न , नैपाल कम्युनिष्ट पार्टी आफना सबै राजनैतिक क्रियाकलापहरु शान्तिपूर्णरुपमा संचालन गर्न र नेपाल सरकार, नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरुको रिहाई र संपूर्ण मुदाहरु हल गर्ने रहेको थियो ।

 

२२ भाद्र २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको