मगर संसार फोटो ग्यालरीद्वारा ११७ औं सहयोग हस्तान्तरण


पोष्टपाटी, काठमाण्डौ ।
चर्चित सामाजिक संजाल मगर संसार फोटो ग्यालरीद्वारा ११७ औं सहयोग हस्तान्तरण गरेको छ । दीन, दुःखी, गरीब र असहायहरुलाई आर्थिक सहयोग गर्दै आएको यो ग्रुपले तनहुँका मिर्गौला पिडित सागर थापा मगरलाई सहयोग गरेको हो । यो मगर संसारको ११७ औं बिरामी सहयोग रहेको छ ।

पारिवारिक अवस्था कमजोर रहेका तनहुँ जिल्ला रिसिङ ६ डुमडांडा बस्नु हुने दुबै मृगौला पीडित सागर थापा मगरलाई मगर संसारको माध्यमबाट संकलित रू.२१ हजार ८ सय रुपैंया सहयोग हस्तांतरण गरेको छ । विशेष गरी मगर संसारका संस्थापक अध्यक्ष अनिल लामिछाने मगरको सक्रियतामा संकलन भएको यस अभियानमा ग्रुप एडमिनहरुको पनि ठुलो भूमिका रहेको छ ।

२२ श्रावण २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको