दाङमा लोहोरोले हानेर श्रीमानको ह,त्या गरेको आरोपमा श्रीमती पक्राउ


जेठ २४, दाङ । दाङमा श्रीमतीले लोहोरोले हानेर श्रीमानको ह’त्या गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

घोराही उपमहानगरपालिका–१४ मा बस्दै आएकी भारत बलरामपुर घर भएकी ३७ वर्षीया गायत्री नेपालीले ३३ वर्षीय श्रीमान पंकज गुप्ताको ह’त्या गरेको प्रहरीले दाबी गरेको छ । ह’त्याको आरोपमा प्रहरीले गायत्रीलाई पक्राउ गरि अनुसन्धान थालेको छ ।

श्रीमानले रक्सी खाएर आफूलाई कुटपिट गरेपछि त्यसको प्रतिकार गर्न खोज्दा श्रीमानको मृ’त्यु भएको उनले प्रहरी समक्ष बयान दिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

प्रहरीका अनुसार उनीहरु घर झगडाकै कारण पटक–पटक प्रहरी कार्यालयमा समेत पुग्ने गरेका थिए । भारत स्थायी घर भए पनि लामो समयदेखि तुलसीपुर-१३ फुलवारीमा बस्दै आएका उनीहरु केही समय अघि मजदुरी गर्न घोराही सरेका थिए ।

२४ जेष्ठ २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको