तीन कम्युनिष्ट पार्टीले भने- ‘चुनाव दलाल संसदीय व्यवस्थाको नाटक मञ्चन मात्र हाे,’


कात्तिक २०, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीले दलाल संसदीय व्यवस्थाको चुनाव नाटक मञ्जचन मात्र भएकाे बताएका छन् । आईतबार कमलादीस्थित चुनाव खारेजी सम्बन्धि पत्रकार सम्मेलनमा आफ्नाे धारणा राख्दै, ३ कम्युनिस्ट पार्टीले उक्त कुरा बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता प्रकाण्डले, दलाल संसदीय व्यवस्था रहेसम्म नेपालले सुखकाे श्वास फेर्न नसक्ने बताए । अहिलेकाे चुनाब जनप्रतिनिधि छान्ने बहानामा पैसाकाे खाेलाे बगाएर मत किन्ने खेल भएका कारण जनताकाे प्रतिनिधिभन्दा दलालहरु चुनिएर आउने भएकाे करण जनहितकाे कामभन्दा दलालहरुले आफ्नाे स्वार्थ पूरा गर्ने ध्याउन्नमा लागेकाे कारण दलाल संसदीय ब्यबस्थाकाे चुनाबलाई खारेज गर्ने बताए ।

उनले, संसदीय व्यवस्था र चुनाबले श्रमजीविकाे अधिकार स्थापित गरेकाे इतिहास नभएकाे बताए । ‘संसदीय ब्यबस्था र चुनाबले श्रमजीविकाे अधिकार स्थापित गरेकाे इतिहासमा छैन, त्यस कारण याे चुनाबलाई नाङ्गाे बनाएर खारेज र बहिस्कार गर्छाैं ।’

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले कुनै पनि हालतमा जनवादबिरुद्धकाे संसदीय चुनावलाई बैधानिकता नदिने बताए । उनले, अहिले संसदीय ब्यबस्था नै कम्युनिस्टहरूकाे ब्यबस्था जस्ताे भएर आएकाे बताए । चुनावले कुनै पनि मुल्यमा जनताकाे अधिकार र राष्ट्रियता रक्षा गर्न नसक्ने भएकाे कारण चुनाब खारेज गर्नुपर्ने बताए ।

त्यस्तै, बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका महासचिव बिश्वभक्त दुलाल ‘आहुती’ले ४ मंसीरकाे निर्वाचन नाटक मात्र भएकाे बताए । पत्रकार सम्मेलन कार्यक्रममा बाेल्दै चुनाबी नाटकलाई खारेज गरेरै छाेड्ने बताए । राज्यले आफ्नाे कालाे कर्तुतलाई छाेप्न र श्वास भर्नकाे लागि यस्ता चुनावहरुकाे नाटक गर्ने गरेकाे बताए । ३ क्रान्तिकारी कम्युनिस्ट पार्टीले ससक्त चुनाब खारेजीकाे कर्यक्रम पनि सार्बजानिक गरेका छन् ।

२० कार्तिक २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको