तुलसीपुरमा एकै दिन ४५ जनामा कोरोना संक्रमण पुष्टि


पुस २२, दाङ । आज (विहिबार) तुलसीपुरको मेट्रो अस्पतालमा गरिएको कोरोना परिक्षण मा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जसमध्ये गुरु जजुर माविका ११ जना बिद्यार्थी र शिक्षक, सेन्टर मावि को १५ जना विद्यार्थी र शिक्षक,स्वास्थयकर्मी ८ जना अन्य संक्रमित व्यक्तिको सम्पर्कमा रहेको ११ जना गरी जम्मा २५ जना महिला र २० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित २० जनाको स्वाब थप अनुसन्धानको लागि नेपालगञ्ज पठाइएको छ र केही दिनमा टेकु अस्पतालमा पठाइने भएको छ। ओमिक्रोनको आशंकामा उनीहरुको स्वाब थप अध्ययनका लागि पठाइएको हो ।

२२ पुष २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको