रोल्पामा ट्याक्टरले किच्दा एक युवाकाे मृत्यु

फाइल तस्बीर

पुस २२, रोल्पा । ट्याक्टरले किच्दा राेल्पामा एक जनाकाे मृत्यु भएकाे छ।

जिल्लाकाे सुनिलस्मृति गाउँपालिका -३ डाेम्फे स्थिति भित्री ग्रामीण सडकमा सुनछहरी गाउँपालिकाकाे पाेबाङबाट सुलिचौर तिर आउदै गरेकाे ना ७ त ६४२६ नम्बरको ट्याक्टरले किच्दा एक युवाकाे मृत्यु भएकाे हाे ।

मृत्यु हुनेमा सहचालक सुनछहरी गाउँपालिका -५ जुबाङ बस्ने १९ वर्षिय पुर्णसिंह विक रहेको जिल्ला प्रहरी कार्यालय राेल्पाले जनाएको छ।

गुडिरहेकाे ट्याक्टरबाट लडेपछि ट्याक्टरकाे पछाडिको चक्काले किचेर घाइते भएका विकलाई उपचारकाे लागि सुनिलस्मृति गाउँपालिका सुलिचौर ल्याउदै गर्दा बाटाेमै मृ’त्यु भएकाे हाे।

उक्त ट्याक्टर सहित ट्याक्टर चालक लुङग्री गाउँपालिका -१ पाङ बस्ने २३ वर्षिय मनबहादुर घर्तीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय राेल्पाका प्रमुख डिएसपी विनोद घिमिरेले बताए ।

२२ पुष २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको