भायनेटले ल्यायो ५० हजार रुपैयाँको पुरस्कार राशिसहितको अल्ट्राफाई टिकटक च्यालेन्ज

फाइल तस्बीर

पुस २२, काठमाडौँ । भायनेटले “भायानेट अल्ट्रा-फाई टिकटक च्यालेन्ज” नामक टिकटक प्रतियोगिता ल्याएको छ । यो प्रतियोगिता कुनै पनि उमेर समूहको लागि खुल्ला रहेको कम्पनीले जनाएको छ।

प्रतियोगितामा भाग लिन रचनात्मक र मनोरञ्जनात्मक भिडियोको साथमा भायनेटको आधिकारिक टिकटक च्यानलमा भएको साउन्ड ट्र्याक प्रयोग गरी भिडियो अपलोड गरेर सहभागी हुन सकिने छ।
“भायानेट अल्ट्रा-फाई टिकटक च्यालेन्ज “मा भाग लिनका लागि प्रतियोगीहरूले दिइएको भायानेट अल्ट्रा-फाई साउन्ड ट्र्याक प्रयोग गर्नुपर्छ: (यहाँ क्लिक गर्नुहोस्)

च्यालेन्जका नियम र शर्तहरू

१. यो प्रतियोगिता जनवरी ०१, २०२२ देखि फेब्रुअरी २८, २०२२ सम्म खुला छ रहनेछ ।

२. सबैभन्दा रचनात्मक सामग्री भएको सहभागीले रु. ५० हजार जित्नेछ (सबै पुरस्कारमा नेपाल सारकार द्वारा निर्देशित कर लागु हुनेछ )

३. सहभागीहरूले आफ्नो क्याप्शनमा #ULTRAFI_Vianet ह्यासट्याग प्रयोग गरेको हुनुपर्छ र आफ्नो भिडियो पोस्ट गर्दा @vianetcommunication ट्याग गरेको हुनुपर्छ ।

४. सहभागीहरूले आफ्नो भिडियो २७ फेब्रुअरी भित्र अपलोड गर्नुपर्छ (अर्थात्: मध्यरातसम्म) ।

५. भायनेट सँग प्रिन्ट विज्ञापन/बाहिर र डिजिटल मिडियामा कुनै पनि प्रचारात्मक प्रयोगको उद्देश्यका लागि सहभागी/विजेताहरूको प्रोफाइल तस्वीर/जानकारी प्रयोग गर्ने अधिकार रहने छ ।

६. भायनेटका कर्मचारी र परिवारका सदस्यहरू प्रतियोगितामा जित्नका लागि योग्य हुने छैनन् । यदि विजेता कुनै पनि हिसाबले कर्मचारी वा परिवारको सदस्यको रूपमा सम्बन्धित भएको पाइएमा, प्रविष्टि र प्रतियोगीलाई अयोग्य घोषित गरिनेछ ।

७. पुरस्कारहरू हस्तान्तरण गर्न मिल्ने छैन ।

८. सहभागीलाई आफ्नो रुचि अनुसार पुरस्कार माग्ने अधिकार हुने छैन । पूर्ण वा आंशिक रूपमा पुरस्कारको लागि कुनै विकल्प प्रस्ताव गरिने छैन ।

९. प्रतियोगितामा नेपालमा बसोबास गर्ने नेपाली नागरिकले मात्र भाग लिन पाउनेछन् ।

१०. यो प्रतियोगिता सञ्चालन गर्ने सम्पूर्ण अधिकार भायनेट कम्युनिकेसन्समा सुरक्षित छ र कम्पनिको निर्णय अन्तिम र अपरिवर्तनीय रहनेछ ।

११. कुनै विवाद भएमा, भायनेटले प्रतियोगिताको सम्पुर्ण निर्णयको अधिकारहरू राख्छ ।

२२ पुष २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको