एमाले राेल्पाकाे अध्यक्षमा बालाराम बुढा पुन: निर्वाचित


फागुन २१, रोल्पा । नेकपा (एमाले) राेल्पाको अध्यक्षमा बालाराम बुढा निर्वाचित भएका छन्।

शनिबार त्रिवेणी गाउँपालिकाको नुवागाउँमा सम्पन्न छैटौं जिल्ला अधिवेशनबाट बुढा अध्यक्षमा निर्विरोध पुन: निर्वाचित भएका हुन्।

यस्तै उपाध्यक्षमा विजय घर्ती, सचिवमा अमृत बुढा, उपसचिवमा दीपक विष्ट र ठाकुरप्रसाद वली निर्वाचित भएकाे जिल्ला कमिटी सदस्य प्रदीप डाँगीले जानकारी दिए । अधिवेशनले ८४ सदस्यीय कमिटी निर्वाचित गरेकाे छ ।

अधिवेशनको प्रमुख अथितिमा नेकपा एमाले केन्द्रीय कमिटी सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज छविलाल विश्वकर्मा, अतिथीहरुमा नेकपा एमालेका लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कडेल, नेकपा एमाले पोलिटव्युरो सदस्य गोकुल घर्ति, नेकपा एमाले केन्द्रिय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज नवीन रोका मगर , नेकपा एमाले केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला सह–इन्चार्ज ईश्वरी जिएम, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य कुमार दशौदी, नेकपा एमाले केन्द्रीय कमिटी सदस्य यमुना रोका तामाङ, नेकपा एमाले दाङ जिल्ला निवर्तमान अध्यक्ष टिकाराम खड्काको आतिथ्यता रहेको थियो ।

यसअघि केन्द्रीय कमिटीको निर्णय अनुसार गत पुस २३ गते अधिवेशन गर्ने गरि तयारी भएकै बेला पार्टीको काममा हिडेका तत्कालीन पार्टी सचिव निमप्रसाद रोकाको हृदयघातका कारण निधन भएपछि स्थगित गरिएको थियो ।

२१ फाल्गुन २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको