संसार द्वारा १२१ जना बिरामिलाई सहयोग हस्तान्तरण


मगर संसार(Magar Sansar) Photo Gallery ले १२१ औं सहयोग हस्तान्तरण गरेको छ । भेषभूषा, भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट गराऔं र दिन, दुखी, गरीब, अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ, भन्ने मूल नाराका साथ स्थापित मगर समुदायको लोकप्रिय ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेज द्वारा आफ्नो १२१ सहयोग हस्तान्तरण गरेको हो ।

आर्थिक अवस्था नाजुक नशा सम्बन्धित रोगले ग्रसित स्याङ्जा जिल्ला गल्याङ २ खुसिलो निवासी १४ बर्षीय सन्जना राना मगरलाई रू१३,७००/- रुपिया सहयोग हस्तांतरण गरेको छ ।

सहयोगी दाताहरु:
1) सन्तोष जंग मगर – रामेछाप मन्थली हाल कोरिया – कोरियन 30,000 /- वन
2) अमर बलाल मगर – स्याङजा गल्याङ् ११ हाल कोरिया – कोरियन 50,000 वन
3) दुर्गेश मल्ल (पाल्पा fm का मेनेजर) – रामपुर पाल्पा रु.३,१००/-
4)खिम सिंजाली मगर – गल्याङ् – ११ हाल स्याङजा – कोरियन 30,000 वन

१९ भाद्र २०७९, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको