बिकृति र विसंगतिलाई चिरफार गर्दै “सम्मुन्नत पालिका निर्माण गरी समानित पालिका बासी निर्माणको लागि मेरो उम्मेद्धारी |”


राजनीति गर्न अरुसँग सँधै हात थाप्नु नपरोस भनेर ब्यवसायीका रुपमा परिचित प्रदिप राई व्यवसाय र राजनितिलाई एकैसाथ लिएर अघि बढेका छन् । उनै राई हाल गाउँपालिकाको अध्यक्ष पदमा उम्मेद्धारी दर्ता गराएर जनतासामु भोट माग्न पुगेका छन | राई संग सोधिएको प्रस्नहरुको जवाफमा सम्पुर्ण स्थायीय जनता, पार्टी पक्ति, आम शुभेच्छुकहरुलाई धन्यवाद सहित मतदानको अपलि गर्दै आफ्नो बारे र बनाएको योजना बारे यसरि भनाई राख्नु हुन्छ |

परिचय:
पुर्बी नेपालको प्रदेश न. १ अन्तर्गत ताप्लेजुंग जिल्लाको स्थानीय तहमा मध्यको सुदुर-पूर्वमा अवस्थित सिदिङ्वा गाउपालिकालाई समुनत नेपाल भित्रको प्रगतिशील “सिदिङ्वा गाउपालिका” को परिकल्पना गर्नु हुने प्रदिप राई सम्बत २०३४ सालमा सिदिङ्वा गाउपालिका -२ (साबिक सादेवा) मा पिता अवीर धोज राई र माता रनमाया राईका साइलो सन्तान हुन् l

राजनीति यात्रा:
आफ्नै गाउको श्री सिद्धे श्वरि निमाबी (हाल माबि) बाट प्रारम्भिक शिक्षा सुरु र २०४६ को राजनीतिक परिवर्तन पछि लगभग १२ बर्सको उमेरमा नेपाल बिद्यार्थी सघको सदस्य बनेर बिद्यार्थी सघको काम गर्दै आफ्नो शैक्षिक यात्रालाई अघि बढाउने क्रममा भन्ज्याङ मावि इकाई अध्यक्ष (नेवि संघका), महेन्द्ररत्न बहुमुखी क्याम्पसमा नेवि संघका ईकाइ सदस्य समेत रहेका उनी पछि नेपाली कांग्रेस पाटी वडा सभापति दुई पटक निर्वाचित समेत भए । त्यस पछि जिल्ला कार्यसमिति सदस्य निर्वाचित हुँदै जिल्ला कार्यसमिति सहसचिव समेत निर्वाचत भए । विभागिय निर्माण केन्द्रीय सदस्य समेत रहेका उनी हाल सिदिङ्बा गाउँपालिकाको नेपाली कांग्रेस सभापति समेत हुन् ।

अनुभव:
जनताप्राबि बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष, श्री सिद्धे श्वरि मबी बि बिद्यालय ब्यबस्थापन समिति सदय, इवाखोला लघुबिद्युत को अध्यक्ष, रइभ गुर्धुम दोभान सिचाई आयोजना संयोजकको भूमिका, पान्थर जिल्लाको याङ्वरक – २ बाट सादेवा हुदै तिम्बुङ्ग पोखरी जाने मोटर बाटोको अध्यक्ष, इवाखोला ओडारे मोटर एबल पक्किको संयोजकको भूमिकामा काम गरि सक्नु भएको छ |

आफ्नो भावी योजना:
उनले गाउँपालिकालाई समुनत गाउँपालिका बनाउँनका लागि शिक्षा, कृषि, स्वास्थ्य, यातायात, खेलकुद, विद्युत, सञ्चार, खाने पानि जस्तै धेरै विकासको योजना बनाएका छन् । पारदरसी र गतिशील बिकासको योजनालाई कार्यान्यनमा परिणत गर्ने मुख्य लक्ष्य लिएको, उनि बताउछन |

क. शिक्षा / सञ्चार:
गाउँपालिका सबै विद्यालयहरुमा गुणस्तरिय शिक्षा प्रदान गर्न र गाउँपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न ब्यबहारीक र विद्युतीय शिक्षा लागु गर्ने योजना रहेको बताउछन । त्यस्तै, भन्ज्याङ मावि स्नातक तह सम्म सचालन गरि बहुमुखी क्याम्पसमा रुपान्तरण गर्ने, जेहेनदार र न्यून आयोस्रोत हुने विद्यार्थीहरु पहिचान गरी छात्र/छात्रा वृतिको ब्यबब्स्था गर्ने, सरकारी बिद्यालमा काम गर्ने शिक्षकहरुको शिक्षण मुल्यांकन गरि प्रोत्सहन गर्ने, बाल बिकाश केन्द्रहरु पुर्बधारहरु विकास गरि सरकारले दिएको सुबिधाहरु उपलध गराउने साथै भासिक समुदायको बसोबासलाई आधार मानेर मातृभाषालाई स्थानीय बिद्यालयहरु पठन पाठनको ब्यबस्था गर्ने योजना रहेको बताउछन |

ख. विद्युत / खानेपाली
गाउँपालिको सबै वडाहरुमा केन्द्रिय प्रसारणलाई विस्तार गर्ने साथै निर्मार्णाधिन अवस्थामा रहेको इवाखोला लघुबिद्युत र सुवाखोला लघुबिद्युतलाई नेपाल सरकारको सम्बधित निकाय संग समयान गरि निर्माण पुरा गर्ने र स्थानीय आर्थिक स्रोतको रुपमा बिकास गर्ने । यस्तै खानेपानीको मुहान संरक्षण तथा ब्यावस्थापन गरि पालिकाको प्रत्येक घरधुरीलाई पिउने पनि व्यवस्था गर्ने रहेको छ |

ग. पुर्वाधार क्षेत्र / यातायात
गाउपलिकामा विस्तार भएका सडकहरुलाई स्तारनोती गरि १२ महिना सचालन ल्याउने, तिम्बुङ्ग पोखरी सिदिङ्वा धाम र गुफ्फा जोड्ने सडक बनाउने, सिदिङ्वालाई जोड्ने सिरीजङ्गाबाट सियटार, मिश्राटार र पान्थर जिल्लाको याङ्वरकबाट महादेवस्थान र खिर्लाबोटेबाट आखोप हुदै साब्लाखु जोड्ने बाटो निर्माण गर्ने, गाउपालिका भित्र का वार्डहरुलाई जोड्नुको लागि आबस्यक स्थानहरुमा पुल निर्माण गर्ने, अहिले निर्माणाधीन रहेको वार्ड २, ५ र ७ को पुरा गरि अन्य वार्ड र पालिकाको प्रशानिक भवन बनाउने, अहिले सम्म स्वस्थ चौकी र सुरक्षा चौकीको लागि खरिद गरिएको जग्गाहरुमा भवन निर्मार्ण गर्ने रहेको छ |

घ. पर्यटन क्षेत्र
आन्तरिक आयलाई वृद्धि गर्ने उद्देश्यले गाउँपालिकाका अवस्थित तिम्बुङ्ग पोखोरीलाई स्थानीय जनभवनलाई मध्यजर गर्दै धार्मिक रुपमा क्षेत्रीय पर्यटक केन्द्र बनाउने र बिकाश कोषको स्थापना गर्ने साथै सिद्दिङ्गवा धाम र गुफ्फा हुदै ढ्वांग-ढ्वागेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास तथा विस्तार गर्ने साथै धार्मिक तथा संस्कृतिक पुरातात्विक वस्तुहरुको पहिचान गरी संरक्षण गर्ने योजना रहेको बताउँछन् ।

ङ. कुषि क्षेत्र
गाउपलिक पुर्णरुपले कृषिमा निर्भर रहने हुनाले, यस गाउँपालिकाको कृषि क्षेत्रलाई अधुनिकिकरण गरी व्याबसायीक बनाउने उनको योजना रहेको छ । साथै युवाहरुलाई व्यावसायीकरण गर्न विभिन्न कार्यहरुकोे सञ्चाल गर्ने, मौरी, पशु र मत्स्य पालन व्यावसायहरु सञ्चालन गर्ने योजना रहेको छ । बिभिन्न क्षेत्रबाट उतापादित बस्तुहरुलाई पालिका भित्र नै सकलन गरि भण्डारण गर्ने बजार सम्म पुर्याउने ब्यबस्ता गर्ने योजना रहेको बताउछन र जसले गर्दै स्थानीय तहमा रोजगार र आयस्रोतको ढोका खोले बिसय विश्वास राख्छन |

च. खलकुद क्षेत्र
पालिकालाई खेलकुद मैत्री बनाउनको लागि सबै वार्डहरु खेलकुदका लागि पुर्बधारहरु विकास गर्ने र ब्यबसायिक खेलाडी उत्पादन गर्ने योजना रहेको बताउछन |

छ.स्वस्थ्य क्षेत्र
पालिकाको सबै वडाहरुमा आधारभुत स्वस्थ्य सेवा उपलब्ध गराउने, विपन्न वर्गका नागरिककाहरुका लागि आपतकालिन स्वस्थ्य समस्या परेका सहयोग सहजीकरण गर्ने तथा आधारभुत औषधी वितरण गर्नुका साथै स्वस्थ्य स्वयम सेविका हरुलाई थप प्रोत्साहन भत्ताको व्यावस्था गर्ने योजना रहेको बताउँछन् |

२१ बैशाख २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको