घोराही कारागारका नाइके यमराज फरार प्रकरणमा जिल्ला अदालतले दियो यस्तो आदेश

फाइल तस्बिर

पुस २०, दाङ । दाङ जिल्ला अदालतले घोराही कारागारका नाइके यमराज परियार फरार प्रकरणमा प्रहरी जवानसहित एक महिलालाई पुर्पक्षका जेल चलान गर्न आदेश दिएको छ ।

कैदी बन्दी नाइके यमराजलाई भगाउन सहयोग गरेको देखिएपछि प्रहरी जवान धनबहादुर चौधरी र उनीसंगै होटलको कोठामा बसेकी तुलसीपुर उपमहानगरपालिका वडा नं. १० पढ्ढाकी २२ बर्षीया समी (संगिता) चौधरी पूर्पपक्षका लागि कारागार चलान गर्न अदालतले आदेश दिएको हो । जिल्ला न्यायाधिस हिमलाल बेल्वासेको इजलासले सोमबार भएको थुनछेक बहसमा त्यस्तो आदेश दिएको हो ।

त्यस्तै घोराही कारागारका सुरक्षा इञ्चार्ज प्रहरी सहायक निरिक्षक रुद्रबहादुर सेन ठकुरीसंग १० हजार र प्रहरी हवल्दार गणेशकुुमार थारुलाई ५ हजार धरौटीमा छोड्न आदेश भएको अदालतका सूचना अधिकारी राजेन्द्र शर्माले जानकारी दिए ।

त्यसैगरी युवति लगाएत होटेलको समेत ब्यबस्थापनको काम गरेको अभियोग खेपेका घोराहीका सौजन्य खनाल र घोराही उपमहानगरपालिका वडा नं. १६ की विपाशा चौधरीलाई अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको छ ।

कारागारका नाइके यमराज परियारलाई भगाउन सहयोगी भूमिका खेलेको शिर्षकमा उनीहरु सबैका बिरुद्ध मुद्दा दर्ता भएको थियो । सोही अभियोगमा पुस १२ गते पक्राउ परेका कारागारका जेलर युवराज परियार भने कारागार बिभागले मुद्दा चलाउन अनुमति नै नदिएको हुँदा गत पुस १६ गते नै रिहा भइसकेका थिए ।

२० पुष २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको