राेल्पामा ५ वटा मतदानस्थल थपिए संगै ८६ मतदानस्थल कायम, ३१ वटा अति संवेदनशील

फाइल तस्बिर

कात्तिक १७, राेल्पा । आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि राेल्पामा ८६ वटा मतदान स्थल रहने भएका छन ।

गत स्थानीय तह निर्वाचनमा ८१ वटा मतदानस्थल रहेकाे राेल्पामा आगामी निर्वाचनको लागि निर्वाचन आयाेगले जनसंख्या, भौगोलिकता, यातायात र सुरक्षाका हिसाबले देशभर मतदानस्थल थप गरे संगै राेल्पामा पनि ५ वटा थप भएका हुन। भदौ २६ गते बसेकाे जिल्ला सुरक्षा समितकाे बैठकले ८६ वटै मतदानस्थलहरुलाई सुरक्षाका हिसाबले तीन चरणमा वर्गीकरण समेत गरिसकेको छ ।

साबिक ८१ मतदानस्थल रहेकाेमा अतिसंवेदनशिल २९, संवेदनशील ४० र सामान्य १२ मात्र रहेकाेमा अहिले ५ वटा मतदानस्थल थप भएपछि अतिसंवेदनशील ३१, संवेदनशील ४२ र सामान्य १३ वटामा वर्गीकरण गरिएको राष्ट्रिय अनुसन्धान विभाग राेल्पाका प्रमुख चिरञ्जीवी बुढा मगरले बताए।

त्यसैगरी सबै मतदान स्थलहरुबाट मुख्य निर्वाचन अधिकृतको कार्यालय लिवाङमा मतपेटिका ढुवानिका लागि समेत सुरक्षा योजना तयार भईसकेको समेत बुढा मगरले बताए।

अहिले थप भएका मतदानस्थलहरु मध्ये राेल्पा नगरपालिकामा १ वटा संवेदनशील, रुन्टिगढी गाउँपालिकामा २ वटा संवेदनशील, सुनिलस्मृति गाउँपालिकामा १ वटा सामान्य र सुनछहरी गाउँपालिकामा १ वटा संवेदनशील कायम गरिएको छ भने यसअघि संवेदनशील रहेका थबाङ गाउँपालिका र माडी गाउँपालिकाका १/१ वटा मतदानस्थललाई अति संवेदनशीलमा राखिएको छ।

१७ कार्तिक २०७९, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको