पत्रकारलाई गाउँपालिका अध्यक्ष पुनले धम्की दिएको भन्दै महासंघको आपत्ति


साउन १८, रोल्पा । रोल्पाको रून्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले पत्रकारलाई धम्की दिएको भन्दै पत्रकार महासंघले आपत्ति जनाएको छ।

समाचार लेखेको विषयलाई लिएर गाउँपालिका अध्यक्ष पुनले रेडियो तथा अनलाइनकर्मी बीरेन्द्र घर्तीलाई धम्की दिएको भन्दै पत्रकार महासंघ रोल्पाले विज्ञप्ती जारी गरेको छ।

धम्कीप्रति आपत्ति जनाउँदै महासंघ रोल्पाले अध्यक्ष पुनकाे व्यवहारप्रति निन्दा व्यक्त गरेकाे छ।

‘कुनैपनि सञ्चार संस्थामार्फत् प्रसारण–प्रकाशित भएको समाचारप्रति चित्त नबुझेको खण्ड या कुनै गुनासो भए कानुनी प्रक्रियामार्फत् न्याय खोज्न आग्रह गर्दै पत्रकारलाई गरेको व्यवहार नेपाल पत्रकार महासंघको तर्फबाट खेद व्यक्त गर्दछ,’ विज्ञप्तीमा भनिएको छ।

स्थानीय सरकारको वेथितिबारे आम–सञ्चारमा समाचार छापेपछि गाउँपालिका अध्यक्ष पुनले फोनमार्फत् धम्क्याएको पीडित पत्रकार घर्तीको आरोप छ।

१८ श्रावण २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको