मगर संसारद्वारा आयोजित ३८ औ अनलाइन प्रतियोगिताको उपाधी पोखराका इन्जु मगरलाई


समाजिक सञ्जाल ग्रुप मगर संसार फोटो ग्यालरीको आयोजनामा आयोजित ३८ औ अनलाइन प्रतियोगिता २०७९ को बीजेता पोखराका इन्जु मगर बनेका छन् । बिजेता इंजुले ३ हजार ७ सय ३८ मत प्राप्त गरेका थिए । त्यसैगरी नवलपुर जिल्ला देवचूली ४ का सरस्वती सिंजाली मगर दोस्रो स्थान हात पारेका छन् । सरस्वतीको मत ३ हजार ५ सय ३८ रहेको थियो । त्यसै गरी नवलपुर जिल्ला कावासोतीकस सबिना राना मगरले १९ सय मत सहित तेस्रो स्थान प्राप्त गरेका छन् भने सान्त्वना बनेका धरानका बबी गर्बुजाले १ हजार मत प्राप्त गरेका थिए ।

बिशेष गरी उखाम फ़िल्मको प्रचार प्रसारको लागि २०७९ बैशाख१० गते देखी आयोजना गरी बैशाख १६ गते सम्पन्न प्रतियोगिताको आयोजना गरेको थियो । विश्व भरिबाट जम्मा १८ जना प्रतियोगीको सहभागी रहेको मगर संसार फोटो ग्यालरीका अध्यक्ष मगर लामिछाने मगरले जानकारी दिनु भएको थियो ।

मगर कथानक चलचित्र “उखान” को कौराह गीत “मगरकी छोरी भन्ने बोलमा अनलाइन मार्फत ” नृत्य तथा अभिनय प्रतियोगिता आयोजना गरेको थियो भने भिडियोमा प्राप्त लाइकको आधारमा नतीजा सार्बजनिक गरिएको थियो ।

२० बैशाख २०७९, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको