रोल्पा समाज जापानको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा विकाश वली


पुस १९, जापान । रोल्पा समाज जापानको दोस्रो अधिवेशनले विकाश वलीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

जापानको टोकियोमा शनिवार सम्पन्न अधिवेशनले सर्बसम्मत रुपमा कार्यसमिति गठन गरेँको हो । समाजका निवर्तमान अध्यक्ष प्रेम प्रकाश रोका मगरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन निवर्तमान महासचिब विवेकमान रोका मगरले गरेका थिए ।

यस्तै स्वागत मन्तव्य विकाश वलीले गरेका थिए भने समाजको बारेमा गुरुप्रसाद राणा मगरले प्रस्ट पारेका थिए । जापानको बिभिन्न क्षेत्रहरुममा रहेका रोल्पालिहरूलाई सहजको लगि zoom माध्यमबाट पनि आफ्नो भनाइहरू राख्ने र अधिवेशनमा भाग लिने वातावरण मिलाइएको समाजले जनाएको छ । समाजको आर्थिक प्रतिवेदन समाजका कोषाध्यक्ष राजेन्द्र झाक्री मगरले राखेका थिए । रोल्पा समाज जापान को २ बर्षे कार्यकालको प्रतिवेदन समाजका अध्यक्ष प्रेम प्रकाश रोका मगरले पेश गरेका थिए ।

समाजको दोस्रो अधिवेशनमा प्रमुख अतिथी इन्द्रदेव बुढा मगर (ब्यन्जन्), बिशिष्ट अतिथी तारा प्रकाश बुढा मगर, अतिथी जोन छन्त्याल, क्योतोका प्रतिनिधि कैलाश गिरी रोल्पाको सान फ़ुटबल खेलाडी चन्द्र घर्ती मगर लगायतले आफ्नो भनाई राखेका थिए । यस्तै रोल्पाको पुर्ब मन्त्री तथा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले अधिवेशन सफलाताको शुभकामना सन्देश पठाएका थिए ।

“कर्मभुमी र जन्मभूमिकोलागि हामी रोल्पालीहरु गोलबद्ध हौं ” भन्ने मुल नाराका साथ सम्पन्न उक्त कार्यक्रममा अंग्रेजी नयाँ वर्ष २०२२ को शुभकामना आदानप्रदान तथा कोभीड-१९ विरुद्धको सहयोग अभियानमा सहयोग गर्ने सम्पूर्णलाई सम्मान गरिएको थियो ।

अधिवेशन लगतै कार्यसमितिको छलफलपछि संरक्षकमा प्रेम प्रकाश रोका मगर, ब. सल्लाहकार समितिमा संस्थापक अध्यक्ष इन्द्रदेव बुढा मगर, सलाहकार तारा प्रकाश बुढा मगर, बिबेकमान रोका मगर, दया प्रसाद बुढा मगर, प्रकाश घर्तीमगर र टेकम वलीलाई चयन गरिएको छ ।

१९ पुष २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको