सुनसान बन्दै गाउँघर, गाडी चालकले क्षमता भन्दा बढी यात्रु राख्दै


कात्तिक १६, रोल्पा । नेपालीहरुको ठूला चार्डपर्वहरु दशैं, तिहार, नेपाल सम्वत तथा छठपर्व सम्पन्न भएसँगै यतिबेला अधिकांश गाउँघरहरु सुनसान बन्दै गएका छन् । कोही दशैंमा घर आएका थिए त कोही तिहार मनाउन घर आएका थिए ।

आज भोलि गर्दै चार्डपर्व मनाउन आएका धेरै जसो मानिसहरू आ-आफ्नो गन्तव्यमा फर्कन थालेका छन्।सहरमा कोहीले आफ्नो कर्मथलो बनाएका छन भने कसैले जन्मथलो ? चार्डपर्वमा आफ्नो इष्टमित्र,छरछिमेकीहरुलाई भेटघाट गर्ने समय पनि हो।विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थामा कार्यरत कर्मचारीहरु पनि फुर्सद तथा बिदा पाउने गर्दछ्न । साथै सोही अवसर पारेर गाउँ घरमा आउने गर्छन् र चार्डपर्व सकाएर आफ्नो गन्तव्यमा फर्कने गर्छन्।

अहिले गाउँ घरहरू विस्तारै सुनसान बन्न थालेका छन्।दशैं आउनु केहि दिन अगाडि गाउँमा मानिसका चह्लपह्ल राम्रो थियो र गाउँमा रमाइलो थियो भने तिहार सकिएसँगै आ-आफ्नो गन्तव्यमा फर्किन थालेपछि गाउँ घरनै सुनसान बन्दै छ रोल्पा परिवर्तन गाउँपालिकाका प्रकाश पुनमगरको भनाइ रहेको छ । पुनमगरले भने- ‘देशका विभिन्न सहरमा आफ्नो कर्मथलो बनाएका उद्योगी, व्यापारी,कर्मचारी तथा विद्यार्थी लगायत सबै आफ्नो गन्तव्यमा फर्कन थालेको पछी गाउँघर अहिले सुनसान जस्तो थियो र तिहारमा देउसी भैलोको आवाजले भरिपूर्ण गाउँ आज भोलि शून्य जस्तो छ ।

गाउँका कोही युवाहरु बेरोजगारी,चेतनाको कमीले खाडी मुलुकमा गएका छन् । यहीँ भएका केही युवाहरु राम्रो अध्ययनको शिलशिलामा शहर केन्द्रित भएका छन।,’ फेरि पुनले भने “जब ठुल्ठुला चर्डपर्व आउँछन् तब गाउँघरमा आउँछन् र जान्छन्”गाउँघरनै सुनसान हुन्छन् । ३ दिन अगाडि मात्र शहिदमार्गमा चल्ने बसको उक्त फोटोले पनि यो पुष्टि गर्छ कि आफ्नो गन्तव्यमा फर्कन र पुग्नको लागि गाडीको सिट नहुँदा हुँदै पनि कोचाकोच र छतमा यात्रुहरु चढेको दृश्य देखिएको थियो । त्यो फोटोले के पुष्टि गर्थ्यो भन्दा गाडीको क्षमता भन्दा बढी यात्रु राखेको दिखिन्थ्यो । हुन् त यो समय गाडी चालक तथा गाडी धनीले अरु समय भन्दा अलि धेरै यात्रु पाउने समय हो, उनीहरूलाई केही आर्थिक फाइदाको लागि क्षमता भन्दा बढी यात्रुहरुराख्ने गरेको पाइएको छ ।

त्यस्तै यात्रुलाई पनि जसोतसो गन्तव्य सम्म पुग्नु आवश्यकता हो जस्तो लाग्छ र गाडीमा चढ्ने गर्दछ्न यात्रु । जसले गर्दा क्षमता भन्दा बढी यात्रु राख्नुको कारण न त चालकलाई थाहा हुन्छ तर यात्रुलाई थाहा हुँदैन ? चालकलाई कारण थाहा हुँदा पनि के मात्र आकलन गर्न सकिन्छ भन्दा एक/दुई सय रुपियाँ बढी आउँछ भन्ने आशा हुन्छ । यात्रुलाई भने म मेरो गन्तव्यमा पुगौं भन्ने मात्र थाहा हुन्छ, रोल्पा माडी गाउँपालिकाका विजय रानाको भनाइ रहेको छ।

राणाले भने- ‘मैले शहरको तुलनामा र ग्रामिण सडकको तुलनामा धेरै फरक पाएको कुरा बताउँदै,शहरमा गाडीका छठमा यात्रु राखेपनी भित्र सिट पूरा भएता पनि उभिएर यात्रा गरेको छ । यता ग्रामीण सडकमा झन् अचम्म छ, जहाँ यात्रु भेटिन्छन त्यहीँ राख्ने, प्रहरीको चेकपोष्ट आउन लाग्यो भने छतबाट ओरालेर अगाडि पठाउने र अलि पर पुगेपछि फेरि सिट भन्दा धेरै कोचाकोच गराएर राख्ने तथा छतमा राख्ने गरेको समेत बताए ।

मैले पनि धेरै यात्रा यसरी गरेको छु राणाले भने” ग्रामीण सडकमा यात्रु पाउँनको लागि तछाड मछाड गर्छन्” न त सडकमा प्रहरी नै हुन्छ, न त ट्राफिक नै हुन्छन् भने ग्रामीण सडक खण्डमा प्रहरी चेकपोष्ट पनि धेरै टाढा-टाढा रहेको पाइन्छ । नेपालमा सवारी साधनको कानुन फितलो हुनुले पनि पछिल्लो समयमा दुर्घटना बढ्न थालेको जानकारहरु बताउँछन्। लाहपर्वाही गरि सवारी साधन चलाउने दोषीलाई कडा कार्वाही नहुनू पनि अर्को मुख्य कारण हो ।

त्यस्तै यात्रा गर्दा यात्रुहरू पनि चनाखो हुनु समेत जरुरी छ । तपाईं हामी सबैले दुर्घटनालाई रोकथाम तथा न्यूनीकरण गर्नु अहिलेको आवश्यकता र कर्तव्य हो, निष्कर्ष यहीँ रहेकोे छ ।

१६ कार्तिक २०७९, बुधबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको