कक्षा १२ को नतिजा प्रकाशित

ग्रेड वृद्धि परीक्षा असोज ३० र ३१ गते


भदौ १७, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा उच्च जीपीए ल्याउने ४ हजार १७९ रहेका छन्।

बोर्डका अनुसार ३.६१ देखि ४ जीपीए ल्याउने परीक्षार्थीको संख्या ४ हजार १ सय ७९ रहेको छ। बोर्डले नियमित ग्रेड वृद्धि र आन्तरिक परीक्षाको नतिजा सार्वजनीक गरेको हो।

बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले नियमिततर्फ ३ लाख ६३ हजार ८, ग्रेड वृद्धितर्फ ३० हजार ४५ र आंशिक ३ हजार १३२ परीक्षार्थी सहभागी रहेको बताए। ४३ जना परीक्षार्थीको परीक्षा रद्द भएको बोर्डले जनाएको छ।

३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई ग्रेडवृद्धि परीक्षाको अवसर दिइने छ। ग्रेडवृद्धि परीक्षा असोज ३० र ३१ गते हुने छ। एक लाख ३० हजार ८७८ जनाले ग्रेड वृद्धि परीक्षाको अवसर पाउने छन्।

परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटबाट रिजल्ट हेर्न सकिनेछ ।

१७ भाद्र २०७९, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको