कांग्रेस कमजाेर हुने गठबन्धन स्विकार्य छैन : सभापति पुन


चैत १९, बाँके । नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले नेपाली कांग्रेसलाई कमजोर बनाउने गरि हुने कुनै पनि गठबन्धन आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् ।

नेपाली कांग्रेसद्वारा आज बाँकेको नरैनापुरमा आयोजित बृहत आमसभालाई सम्बोधन गर्दै सभापति पुनले कांग्रेस कम्जोर हुने गरि कुनै चुनावी गठबन्धन स्वीकार्य नहुने स्पष्ट पारेका हुन् ।

सभापति पुनले कांग्रेस एकलै चुनाव लाड्दा पनि अहिले दुइतिहाई स्थानीय तह जित्ने अवस्थामा रहेको दाबी गर्दै कांग्रेसलाई कमजोर बताउने उद्देश्यले रचिएका भ्रमहरू तोड्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

सभापति पुनले स्थानीय नेता तथा कार्यकर्ताको भावना विपरीत केन्द्रबाट चुनावी तालमेल लाद्न खोजे अनेपक्षित परिणाम आउने चेतावनी दिए । चुनावी गठबन्धनका लागी स्थानीय तहका समितिलाई नै पूर्ण अधिकार दिनु पर्ने सभापति पुनले पुन: माग गरेका छन् ।

 

१९ चैत्र २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको