५ बर्ष अघि “भेषभूषा,भाषा,लिपि,धर्म,संस्कार संस्कृतिलाई संरक्षण गरौं, विश्व भरिका मगरलाई एकजुट गराउ” र दिन,दुखी,गरीब,अशक्त आर्थिक कमजोर बिरामिलाई सहयोग गरौ,भन्ने मूल नाराका साथ स्थापित यस मगर समुदायको लोकप्रिय ग्रुप मगर संसार(Magar Sansar) Photo Gallery ग्रुप/पेजले १२६ जनालाई सहयोग गरिकेको र पुनः मगर संसार द्वारा आर्थिक अवस्था नाजुक दुर्लभ रोगबाट ग्रसित उपचार गर्न समस्यामा परेकी पर्बत जिल्ला बिहाडी -५ उराम हाल स्याङ्जा वालीङमा उपचार गरीरहनु भएकी सुनिता थापा मगरलाई उपचारको लागि संकलिक सहयोग रकम हस्तांतरण गरेकोछ ।
सहयोग रकम मगर संसारका सदस्य समाजसेवी रूपा सोती मगर ज्यूँले आज असोज १३ गते सुनीता थापा मगरलाई वालीङमा हस्तांतरण गरेको हो ।
सहयोग पठाउनु हुने सहयोगी हरु निम्न छन:-
✅१) नविन झेडी मगर – तनहुँ भिमाद हाल हङकङ रु.५,०००/-
✅२) अर्जुन राना मगर – धनकुटा १ हिले रु.२,०००/-
✅३) आभाष राना मगर – स्याङजा जिल्ला गल्याङ – ८, हाल कोरिया कोरियन २०,०००/- वन
✅४) किरन मगर/ मनु थापा मगर (भलिबल खेलाडी) – बागलूङ जैमिनी बसाई पश्चिम रामनगर रूपनदेही हाल कोरिया कोरियन २०,०००/- वन
✅५) मित्र सोती मगर ( स्याङ्जा परिवार थेगु शाखा को अध्यक्ष) – स्याङजा जिल्ला वालिङ – ७ फिरसे , हाल कोरिया कोरियन ५०,०००/- वन
✅६) खेम ब.थापा मगर – तनहुँ भिमाद ४ सरडांडा हाल कोरिया कोरियन १०,०००/- वन
✅७) दल कुमार मगर – तनहुँ हाल कोरिया कोरियन २०,०००/- वन
✅८) हर्षिल चर्ति मगर – पाल्पा बगनासकाली ४ टिंछाँगा हाल कोरिया कोरियन ३०,०००/- वन
✅९) बसन्त आले मगर – तनहुँ म्याग्दे ५ मुलाबारी रु.१,२००/-
✅१०) याम पुर्जा पुन मगर – म्याग्दी अन्नपूर्ण – ४ हाल कोरिया कोरियन २५,०००/-
✅११) रमेश मस्राङ्गी मगर – स्याङजा जिल्ला बिरूवा , हाल कोरिया कोरियन १,००,०००/- वन
✅१२) भिसन पुर्जा मगर – म्याग्दी हाल कोरिया कोरियन 30,000 /- वन
कोरियन 3,05,000 /- वन ( नेपाली रु.२७,६००)
नेपालमा संकलन:- ८,२००/-
टोटल सहयोग रू.३५,८००/- रुपिया हस्तांतरण
बुटवल निवासी अनिल लामिछाने मगर कामको सिलसिलामा हाल द.कोरिया छन भने उहाँको नेतृत्वमा आजसम्म १२७ दीन, दुखी, गरीब पिडित बिरामिलाई online को माध्यम बाट सहयोग गरी सकेको समेत जानकारी दिनु भयो
प्रतिक्रिया दिनुहोस