न्यायाधीशहरुको तीन सदस्यीय टोलीले थाल्यो प्रधानन्यायाधीश राणासँग वार्ता

फाइल तस्बीर

कात्तिक १४, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएका सर्वोच्च अदालतका १९ जना नै न्यायाधीशहरुले राणासँग वार्ताका लागि तीन सदस्यीय कमिटी निर्माण गरेका छन्।

न्यायाधीशहरुको बैठकले आइतबार न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोज शर्मा रहेको तीन सदस्यीय वार्ता कमिटी निर्माण गरेका हुन्।

प्रधान, सिन्हा र शर्माको वार्ताटोलीले आइतबार अपराह्न प्रधान न्यायाधीश चोलेन्द्रशमशेर राणासँग वार्ता गरिरहेको छ।

प्रधान न्यायाधीश राणाको राजीनामा माग्दै न्यायाधीशहरु केही दिनयता इजलास बहिष्कारसहित आन्दोलनमा उत्रिएका छन्। न्यायाधीश राणा एकातर्फ देखिएका छन् भने सर्वोच्चका बाँकी न्यायाधीशहरु अर्कातर्फ छन्।

 

१४ कार्तिक २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको