राष्ट्रिय वाणिज्य बैंकमा खुल्यो ८ सय बढीलाई जागिर


कात्तिक १४, काठमाडौं । लोक सेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकका लागि आठ सयभन्दा बढी संख्यामा आवेदन खुलाएको छ।

आयोगले वरिष्ठ प्रबन्धकसहित विभिन्न पदमा आठ सय ३५ जना माग गर्दै आज आवेदन खुला गरेको हो।

अनलाइन आवेदन सोमबारदेखि भर्न सकिन्छ। २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक र १८ जना उपप्रबन्धकलगायत विभिन्न पदमा गरी कूल आठ सय ३५ जना माग भएको हो।

यसबारे विस्तृत सूचना आजको गोरखापत्रमा आयोगले निकालेको छ । लिखित परीक्षा भने आयोगले सञ्चालन गर्नेछ । परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ।

अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाडौंमा र सहायक स्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरूमै हुनेछ । मंसिर ५ गतेभित्र फाराम भरिसक्नुपर्नेछ ।

गोरखापत्रमा छापिएको विज्ञापन हेर्न यहाँ क्लिक गर्नुहोस।

 

१४ कार्तिक २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको