अखिल नेपाल शिक्षक संगठन रोल्पाको आठौं जिल्ला सम्मेलन हुने


भदौ १५, रोल्पा । नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्व रहेको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठन रोल्पाले आठौँ जिल्ला सम्मेलन गर्ने भएको छ । सोमबार सम्पन्न पाँचौ बैठकले आउदो असोज २ गते शनिबार जिल्ला सम्मेलन गर्ने निर्णय गरेको हो ।

अखिल नेपाल शिक्षक संगठन रोल्पाले आठौँ सम्मेलनको तयारिका लागि अध्यक्ष प्रेम केसीको संयोजकत्वमा जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । उक्त समितिमा सम्पूर्ण जिल्ला समिति सदस्यहरु रहेका छन् ।

लिबाङमा सम्पन्न भएको बैठकलाई अध्यक्ष प्रेम केसीले संचालन गरेको थिए भने नेकपा रोल्पा जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्द ‘मानव’ प्रमुख अतिथि रहेका थिए । त्यसैगरी अन्य अतिथिहरु अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय सदस्य प्रेम बहादुर वली, जनपत्रकार संगठन नेपाल रोल्पाका अध्यक्ष हर्क बहादुर घर्तिमगर र (अखिल क्रान्तिकारी) रोल्पाका अध्यक्ष हरि वलीको उपस्थिति रहेको थियो ।

बैठकका प्रमुख अतिथि चन्दले बिगतको परिवर्तनकारी आन्दोलनमा शिक्षकको ऐतिहासिक भूमिकाबारे प्रस्ट पार्दै शिक्षकको आगामी कार्यभार बारे प्रष्ट्याएका थिए । पार्टीको आगामी नीति तथा योजना बारे ब्रिफिङ समेत गरेका थिए ।

 

१५ भाद्र २०७८, मंगलवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको