मगर संसार राहतकोषबाट ७५औं सहयोग हस्तान्तरण


पोष्टपाटी, काठमाडौं ।
मगर संसार राहत कोषले आफ्नो ७५औं सहयोग हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ जिल्ला देवघाट ८ गौरिटारका ८ महिनाका दुबै मृगौला पिडित यूबीन राना मगरलाई दश हजार दश रुपैंया सहयोग हस्तान्तरण गरेको हो । रानाको दुवै मृगौला फेल भएको छ । नेपाल मगर महिला संघ तिलोत्तमाका अध्यक्ष राधिका श्रीस पुनमगरको हातबाट दश हजार रुपैंया सहयोग हस्तान्तरण गरिएको थियो ।

उक्त रकम स्याङ्जा बिरूवा ८ का कमल थापामगर द्वारा रू.४,०००/-, मगर संसार ग्रुप द्वारा आयोजित १५ बर्ष मुनिका मगर भाषिक भिडियो प्रतियोगिता २०७८ मा तेस्रो बिजेता बनेकी गोरखा हाल चितवन निवासी स्टेसी आलेमगरले प्राप्त पुरस्कार रू.३०००/- र मगर संसार द्वारा आयोजित मगर भाषा online क्लास बाट रू.३,००० गरी सहयोग रकम हस्तांतरण गरेको संस्थापक अध्यक्ष अनिल लामिछाने मगरले जानकारी गर्नु भएको थियो ।

मगर संसार फोटो ग्यालरी संचालक समितिको अध्यक्षमा हाल साउथ कोरियामा रहनु भएका रुपन्देहीका ग्रुप संस्थापक अनिल लामिछाने मगर हुनुहुन्छ भने अन्य एडमिनहरुमा मन मास्की रानामगर, शान्ति राना मगर, मोनीका मगर्नीप्रिया राना मगर, दिलु मगरनी, पृथीछक बुढा मगर, पवित्रा थापा मगर, युगेश पांमी मगर, राजेन्द्र राना मगर, बिष्णु ढेगा मगर, अमीर मगर, टूगा राना मगर, नबिना पुन मगर, रमेश बुढा मगर, प्रकाश मगर, बिस्वास मगर, एजिशा मगर्नी, प्रदीप घर्ती मगर, जानकी मगर, नीरू मास्की राना मगर, रन्जना थापा मगर मन ढेंगा मगर हुनुहुन्छ ।

१६ श्रावण २०७८, शनिबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको