२४ घण्टामा ४७६२ संक्रमित थपिए, ६४९१ निको


जेठ १७, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ७६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १५ हजार ५५ जनाको पीसीआर परीक्षणमा ४ हजार १७८ र २ हजार ४२५ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ५८४ जना गरी कुल ४ हजार ७६२ जना कोरोना संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा थप ११४ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ६ हजार ४९१ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

१७ जेष्ठ २०७८, सोमबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको