जेठ १७, पोखरा । कोरना संक्रमितभई मृत्यु भएकाहरुको शब जलाउदा लापरबाही भएको देखिएको छ । पोखरा महानगरपालिकाले कोभिडका कारण मृत्यु हुनेहरुको शब ब्यवस्थापनका लागी निर्धारीत गरीएको स्थानमा शव राम्रो संग नजलाउदा वातावरणीय प्रदूषण भएको स्थानीयले गुनासो पोखेका छन ।
पोखरा महानगरपालिका ३२ मजुवा बस्ति भन्दा तल रहेको रातो पहिरो घाट नजिक कोरना संक्रमित मृतकको शब ब्यवस्थापन गर्ने स्थानमा शवको टाउकाको, छाती तथा मेरुदण्डको भागहरु राम्रोसंग नजलेको कारण वातावरण प्रदुषण अवस्थामा भेटिएको हो । अर्ध जलेका शवहरुमा झिंगा भन्किरहेका छन् ।
यस्तै संक्रमित मृतकलाई जलाउन प्रयोग भएका माक्स, पिपिई,फेस कभर, पन्जा उचित ब्यवस्थापन नगरी यत्रतत्र फालिएको अवस्थामा रहेका छन । सोहि ठाउँमा सानो क्षेत्रफलमा धेरै शबलाई गाडिएको र शब ब्यवस्थापन गर्नेहरुले अत्याधिक फोहोर गरेको स्थानियहरुले बताएका छन् । यसबाट बाताबरणिय प्रतिकुल बन्दै गईरहेकोले स्थानीयहरू चिन्तित देखिएका छन् ।
कोभिडका कारण मृत्युहुनेहरुको शव ब्यबस्थापनको लागि भन्दै पोखरा महानगरपालिकाले उक्त स्थान तोकेको थियो ।
प्रतिक्रिया दिनुहोस