नेकपा रोल्पाको बैठक सम्पन्न


पुस १५, रोल्पा । नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रोल्पाको विस्तारित तेस्रो पूर्ण बैठक सदरमुकाम लिबाङमा सम्पन्न भएको छ ।

पार्टीका जिल्ला सेक्रेटरी दिनेश बिक्रम चन्दको अध्यक्षता केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुवासको प्रमुख आतिथ्यता साथै बिशेष कमिटी सदस्य प्रयासको आतिथ्यतामा भएको बैठकमा जिल्ला सदस्य एवम् पालिका इन्चार्ज र पालिकाका सेक्रेटरीहरूको सहभागिता रहेको बताइएको छ ।

बैठकमा सम्पूर्ण पालिकाका सेक्रेटरी इन्चार्जहरूले आ–आफ्नो इलाकाको गतिविधिको प्रतिवेदन पेश गरेका थिए भने अतिथिहरूबाट प्रशिक्षनात्मक मन्तव्य राखिएको थियो ।

राष्ट्रघाती एमसीसीको खारेजी साथै जताततै मौलाएको भ्रस्टाचारको भण्दाफोर एवम् जन प्रशिक्षणलाई गाउँ तहसम्म पुर्याउने लगायत महत्वपूर्ण निर्णयसहित बैठक सम्पन्न भएको छ ।

१५ पुष २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको