रोल्पाली युवा बने एकीकृत समाजवादी निकट युवा संघको केन्द्रिय सचिवालय सदस्य


असोज १३, रोल्पा । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालको सचिवालय सदस्यमा निमराज डाँगी मनोनित भएका छन् ।

सोमबार बसेको युवा संघको केन्द्रीय सचिवालयको बैठकले डाँगीलाई सचिवालय सदस्यमा मनोनित गरेको हो । रोल्पा गंगादेव ३ का डाँगी नेकपा एमाले निकट युवा संघको केन्द्रीय सदस्य रहेका थिए । पछि माधव नेपालको नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका थिए ।

नयाँ पार्टी गठन गरेपछि माधव नेपालले देशभर आफ्ना पार्टी निकट संगठनहरुको निर्माण र प्रशिक्षणलाई तिब्रता दिईरहेका छन् ।

१४ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको