प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

फाइल तस्बीर

असोज १४, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा अपरान्ह ३ बजे बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको हो ।

विहीबार विहान सर्वदलीय बैठक बोलाएका देउवाले अपरान्ह मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र कार्कीले बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक नै भएको बताए ।

उनका अनुसार सरकारका दैनिक काम कारबाही नै बैठकका एजेण्डा रहेका छन् ।

१४ आश्विन २०७८, बिहीबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको