शिक्षा श्रमजीवी जनताका छोराछोरीको पहुँचमा छैन: अनिल


साउन १५, घोराही । नेपाल कम्युनिस्ट पार्टीको भातृसंगठन अनेरास्ववियु(क्रान्तिकारी)राप्ती व्युरो सदस्य अनिल केसीले शिक्षा अझैपनी श्रमजीवी जनताका छोराछोरीको पहुँचमा नभएको बताएका छन।

संगठनले शुक्रवार घोराहीमा आयोजना गरेको स्वास्थ्य क्षेत्र र प्राविधिक तथा चिकित्सा क्षेत्रमा भइरहेको बिकृती विरुद्धको प्रदर्शन कार्यक्रममा उक्त कुरा बताएका हुन।

बिद्यार्थी नेता अनिलले सिटीईभिटीका कार्यक्रम हरुमा अझै पनि ठुलो विभेद रहेको,समयमै कोर्स नसकिने समस्या प्रयोगात्मक कक्षा व्यवस्थित रुपमा नभएको र चर्को शुल्क असुली गर्ने माध्यम बनाइएको प्रती कडा आपत्ति जनाएका थिए।

राज्यले न्यून आयस्रोत भएका विद्यार्थी हरुलाइ पनि प्राविधिक शिक्षा अध्ययन गर्ने वातावरण तयार गर्नुपर्ने नेता अनिलको भनाइ थियो।राज्यले TSEE अन्तर्गत स्वास्थ्य तिरका कार्यक्रम अध्ययन गरेका विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेको साथै निजि शैक्षिक क्षेत्रमा स्वास्थ्य तिरका कार्यक्रम हरुको शुल्क महंगो भएकाले सामान्य बर्गका विद्यार्थी हरु सहभागी हुन अथवा पढ्न बाट बन्चित भैरहेकोले राज्यले शुल्क परिमार्जन गरि आम नागरिकको पहुचमा हुने बाताबरण तयार बनाउनुपर्ने बताए।

उनले मेडिकल शिक्षामा पनि थुप्रै बिकृती बिसंगती मौलाइरहेको,राज्यको गैरजिम्मेवारीका कारण मेडिकल माफियाको अगाडि राज्य निरही बनेको जिकिर गरे।उनले भने,”मेडिकल विद्यार्थी माथी मेडिकल माफियाहरुले सरकारको मिलोमतोमा आर्थिक लुट मच्चाइरहेका छ्न,मानसिक यातना दिइरहेका छ्न”।
यो दलाल, भ्रष्ट,पुजीवादी राज्य व्यवस्थाको सरकारले यी तमाम समस्याहरू हल गर्न नसक्ने भन्दै यो व्यवस्था खारेज गरेर वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्न सबै उत्पीडित युवा विद्यार्थी हरु एक भएर लाग्नु पर्ने आवस्यकता रहेको उनको भनाइ थियो।

उनले वैज्ञानिक समाजवादी राज्य व्यवस्था बाट तमाम समस्याहरु समाधान गर्न सकिने र विद्यार्थीको हरेक क्षेत्रमा हक हित र अधिकार सुनिस्चित हुने उद्घोष गरे।

प्रदर्शन कार्यक्रमको सहजीकरण अनेरास्ववियु(क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमरले गरेका थिए।

१५ श्रावण २०७८, शुक्रबार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको