प्रदेशी भुमिमा पिल्सिएका युवाहरू


देशमा रोजगारी नभएर
घरपरिवार गाउघर छोडेर
हामी युवायुवतीहरु पढाईका
हरेक सर्टिफिकेटहरु फालेर
बिदेशीएका छौँ ।

हाम्रा पसिनाका थोपा-थोपाले खाडीमा महलका
दस्तावेज छन।
कुनै अक्षर,अरबमा खाडीमा
चर्को घामले त कुनै दुबईका कतार
कुवेत साउदी निस्किएका
पसिनाले लेखिएका छन।
कुनै अक्षर,मलेसियाको
एसिका सर्का र छुरीका ढर्का
थोपा-थोपाले दिनढाडै
तरबारले लत्पतिएका लास देखिन्छन्।

हामी युवाहरू यसैमा खुशी छु
देश आज दुख्छ देश भोलि रुन्छ
हामी नाथे काम्दारहरूलाई पेटको जोहो गर्न हैरान छ । आखामा
गहकिला आशु लुकाएर श्रम शिबिरमा ज्यान तैनाथ छ ।
तर देश थिला थिला भएको छ ।
युवायुवतीका जवानी पाखुराका
झटका र बल लगायर रेमिट्यान्स पठाउन ठिक्क छ ।
सरकारलाई रेमिटेन्स उठाएर
बुजाएर बोझ उठाउंदा सिद्धिए
आफ्ना बैंसका चाहनालाई निमोठेर
हाम्रो उज्जल देशको भबिष्य
हेर्ने चाहनामा हौसियौ
आफ्नो छाक काटेर
तिम्रो पौष्टिक आहारको जोहोमा लाग्यौ
आफ्नो शक्ति सिद्ध्याएर
सरकारलाई सबल बनाउंन तिर लाग्यौ।

तर आज युवायुवती
बैदेशिक रोजगारबाट फर्किनु अगाबै
हाम्रो जीवन भर रगत पसिना सँग साटेको
पासपोर्ट तिम्रो रेमिटेन्स
पालन पोषण गरी बचेँको
सारा सम्पत्ति भ्रष्टाचार गरेर
कुम्ल्याएर संसद भंग गर्यौ
नेपाल आमाको सम्झनाको माटो बिस्तारै
भवन भित्र बेच्ने घट्की लगाई रहेका छौ गरे ।
बुढेसकालको कदर गर्न
नसकेकोमा बधाई छ नाथे दलहरुलाई ।

जहाँ युवाहरूको पसिनाको
मूल्यको कदर हुन सकेन त्यसैले
तिम्रो व्यवस्था असफलता सम्झेर कहिले
काँही बुर्कुसिने मनको उर्जाले
हाम्रो एक्लो फुक्लो अशक्त शरीर
ब्र्हमाण्डको यतै कतै कुनामा घिस्रिई रहेको छ
तै पनि युवाहरूलाई रत्तिभर गुनासो छैन
तर नेपाल फलोस फुलोस भन्थ्यौ
लिलाम थिला थिला पाँच बर्षमा
धन्यवाद छ शासकहरु
धन्यवाद छ देश लुटेर खानेहरु।

  • सन्दर्भ घायल
    कुशे, जाजरकोट
    हाल: मलेसिया
१६ जेष्ठ २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको