काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण


जेठ १६, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरमा भने ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१६ जेष्ठ २०७८, आईतवार को दिन प्रकाशित

प्रतिक्रिया दिनुहोस

ताजा अपडेट

धेरै पढिएको